काठमाडौँबाट पोखरा जाँदै गरेको बस शनिबार बिहान तनहुँमा दुर्घटना

असार ८ धनगढी
काठमाडौँबाट पोखरा जाँदै गरेको बस शनिबार बिहान तनहुँमा दुर्घटना भएको छ । दुर्घटनामा ६ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय तनहुँले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आँबुखैरेनी गाउँपालिका वडा नम्बर २ ट्राफिक पोष्टस्थित पृथ्वीराजमार्ग सडक खण्डमा ना ५ ख ४३७४ नम्बरको यात्रुबाहक बस अनियन्त्रित दुर्घटनमा भएको हो ।

दुर्घटनामा घाइतेमध्ये आबुखैरेनी अस्पतालमा कास्कीका सुनिता गुरुङ, रेशम सुनुवार, संगिता तिवारी, संदिप तिवारीका साथै धादिङका सुरक्षा कडेल रटेकनाथ कडेलको उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply