असार ९ धनगढी
चितवनको मेघौलीस्थित क्लिनिक नेपालले एक सय विपन्न परिवारको स्वास्थ्य बीमा गरिदिएको छ।
भरतपुर महानगरपालिका-२७ मेघौलीका विपन्न परिवारको स्वास्थ्य बीमा गरिएको क्लिनिक नेपालका म्यानेजर सुमन पौडेलले बताए।
भरतपुर वडा नम्बर २७ सँग समन्वय गरेर विपन्न परिवार पहिचान गरि बीमा गरिएको उनले बताए।
सुकुम्बासी समुदायको बसोबास रहेको सिसौघारी टोल सुधार समितिका ७८ परिवार र क्लिनिक नेपालले छात्रवृत्ति प्रदान गरि पढाइरहेका २५ विद्यार्थीका परिवारको बीमा गरिएको हो। प्रति परिवारको ३५ सयदेखि ५६ सय रुपैयाँ शुल्क तिरेर बीमा गरिएको पौडेलले बताए।
भरतपुर-२७ का वडाध्यक्ष रामबहादुर भण्डारीले कमजोर आर्थिक अवस्थाका कारण उपचारबाट बञ्चित परिवारलाई वडा कार्यालयको समन्वयमा स्वास्थ्य बीमा गरिएको बताए। आगामी वर्ष अन्य टोलका विपन्न परिवारको बीमा गराउने उनले बताए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
