रामबहादुर बम्जन बाल यौन दुरुपयोगमा दोषी ठहर

धनगढी,असार १०
सर्लाही जिल्ला अदालतले बाल यौन दुरूपयोग मुद्दामा रामबहादुर बमजनलाई दोषी ठहर गरेको छ।

सोमबार न्यायाधीश जीवनकुमार भण्डारीको इजलासले दोषी ठहर गरेको स्रेस्तेदार सदन अधिकारीले जानकारी दिए। सजाय निर्धारण भने असार १७ गतेलाई तोकिएको उनले बताए।

यस्तै अन्य दुई प्रतिवादी ज्ञानबहादुर र डिगबाहदुर सफाइ पाएका छन्।

रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्।

बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ। उनले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ।

१४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ।

आफूमाथि २०७३ साल साउन २० गते बमजनले बलात्कार गरे आरोप गंगामायाले लगाएकी छन्। रौतहटकी गंगामाया तामाङले आफू आश्रममा बस्दा बलात्कार गरेको आरोप लगाउँदै बमजनविरूद्ध जाहेरी दिएकी थिइन्।

बालबालिका सम्बन्धी ऐनको हद म्याद अनुसार उनीविरूद्ध मुद्दा दायर गरिएको थियो। आफू बालिका हुँदा भएको यौनशोषण बलात्कारविरूद्ध १८ वर्ष पुगेपछि उजुरी दिन पाइन्छ। उनले बलात्कारको जाहेरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो।

जिल्ला सरकारी वकिल कार्यालयले बमजनविरूद्ध १२ देखि १४ वर्षसम्म कैद सजाय र मनासिम क्षतिपूर्तिको माग गर्दै मुद्दा दायर गरेको छ। १४ वर्षदेखि १६ वर्षसम्मका बालिकालाई बलात्कार गरे १२ देखि १४ वर्षसम्मको कैद सजाय हुने कानुनी व्यवस्था छ।

आफूमाथि २०७३ साल साउन २० गते बमजनले बलात्कार गरे आरोप गंगामायाले लगाएकी छन्।

गंगामायाले दुई वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्। गंगामायाले दुई वर्षअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूमाथि बमजनले बलात्कार गरेको आरोप लगाएकी थिइन्।

उनीविरूद्ध विभिन्न प्रहरी कार्यालयमा आफ्नो आश्रममा बस्ने पाँच अनुयायीलाई बेपत्ता पारेको, तीमध्ये कम्तीमा एक जनाको हत्या गरेको लगायतका जाहेरी परेका छन्। केही समयअघि बमजनलाई पक्राउ गरेर सिआइबीले छानबिन गरिरहेको छ।

उनलाई प्रहरीले गत पुस २४ गते बूढानीलकण्ठबाट पक्राउ गरेको थियो।

सेतोपाटीले तीन महिना लामो अनुसन्धानपछि २०७५ साल पुस ११ गते बमजनका कर्तुतको फेहरिस्त तयार पारेर एकैसाथ चार स्टोरी प्रकाशित गरेको थियो।

यी पनिः

बमजन आश्रममा यौन शोषण, हत्या-हिंसाको दुष्चक्र

पहिलो स्टोरी— बमजनको आश्रममा तीन आनी बेपत्ता, एक अनुयायीको हत्या

दोस्रो स्टोरी— बमजनको आश्रमबाट भागेका तीन आनीको कथा

तेस्रो स्टोरी: गंगामायाको कथा— आफू बमजनबाट बलात्कृत भइन्, साना आनीहरूलाई भने जोगाइन्

चौथो स्टोरी— बमजन कसरी बने मैत्रेय बुद्ध?

पाचौं स्टोरी -बमजनको आश्रमबाट पाँचौं व्यक्ति पनि बेपत्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply