नेपाल आइडल विजेता करणलाई प्रधानमन्त्री प्रचण्डले दिए गितार उपहार

धनगढी,असार १२
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल आइडल सिजन-५ का विजेता करण परियारलाई गितार उपहार दिएका छन्।

बुधबार बिहान प्रधानमन्त्री प्रचण्डले करणलाई बालुवाटार बोलाएर बधाई ज्ञापन गर्दे गितार उपहार दिएका हुन्।

बधाइ ज्ञापन गर्दै प्रधानमन्त्रीले खेल संगीतका खास खास इभेन्ट आफूले हेर्ने गरेको बताउँदै युवा पुस्ताका हरेक सुखदुखमा आफू साथमै रहेको बताए।

सो अवसरमा प्रधानमन्त्रीले बधाइ दिँदै सांगीतिक क्षेत्रमा करणको निकै राम्रो सम्भावना र भविष्य देखिएको र निरन्तर साधनामार्फत् देशकै प्रतिष्ठा बढाउन मेहेनत गर्ने विश्वास व्यक्त गरे।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply