जबरजस्तीकरणीको आरोपमा एकजना पक्राउ

धनगढी,असार १३
जबरजस्तीकरणीको आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा जिल्लाको दशरथचन्द नगरपालिका -३ पोखरीका ४६ बर्षीय प्रेमसिंह भण्डारी रहेका बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयो । गाउँकै ३० वर्षीया विवाहित महिलामाथि करणीको प्रयास गरेको आरोपमा भण्डारीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । भण्डारीमाथि जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएर थप अनुसन्धान भइरहेकाे जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply