ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार दिइएको छ

धनगढी,असार १६
काभ्रेपलाञ्चोक- खानीखोला गाउँपालिका–५ का ज्येष्ठ नागरिकलाई छाता र लौरो उपहार दिइएको छ । वडा कार्यालयबाट जनप्रतिनिधिले लौरो र छाता बोकेर ज्येष्ठ नागरिकको घरैमा पुगेका हुन् ।

सामाजिक सुरक्षा भत्ता पाउने वडाका १०९ जना ज्येष्ठ नागरिकलाई हिँडडुल गर्न र पानीबाट जोगिन सहज होस् भनी छाता र लौरो उपहार दिइएको गाउँपालिकाले जनाएको छ ।

योसँगै पालिकाका सबै वडामा ज्येष्ठ नागरिकलाई लौरो र छाता उपहार प्रदान गरिएको गाउँपालिकाले जनाएको छ । खानीखोला गाउँपालिकामा १ हजार १०७ जनाले सामाजिक सुरक्षा भत्ता लिने गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply