भारतका अल राउन्डर रविन्द्र जडेजाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास

धनगढी असार १७
भारतका अल राउन्डर रविन्द्र जडेजाले टी-२० अन्तर्राष्ट्रिय क्रिकेटबाट संन्यास लिएका छन्।

टी-२० विश्वकपको उपाधि जितेपछि जडेजाले पनि अन्तर्राष्ट्रिय टी-२० खेलबाट संन्यास लिएका हुन्।

यसअघि कप्तान रोहित शर्मा र विराट कोहलीले पनि टी-२० अन्तर्राष्ट्रियबाट संन्यासको घोषणा गरेका थिए।

जडेजाले सामाजिक सञ्जाल प्लेटफर्म इन्स्टाग्राममा स्टाटस लेखेर आफूले संन्यास लिएको घोषणा गरेका हुन्।

‘धन्यवादले भरिएको हृदयका साथ, म टी-२० अन्तर्राष्ट्रियलाई बिदा गर्छु,’ जडेजाले लेखेका छन्, ‘देशका लागि आफ्नो तर्फबाट सधैं राम्रो योगदान दिने प्रयास गरेको छु र अन्य फर्म्याटका खेलहरूमा जारी रहनेछ।’

जडेजाले टी-२० अन्तर्राष्ट्रियमा ७४ खेल खेल्दा ५१५ रन बनाएका छन् भने ५४ विकेट लिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply