दार्चुलाको मार्मामा बाढीको डरले मार्माका १६ परिवारका ९२ जनाले घर छाडे

धनगढी असार २२
दार्चुलाको मार्मामा बाढीका कारण केही स्थानीयले घर छाडेर अन्यन्त्र बस्नुपर्ने बाध्यता आइलागेको छ।

मार्मा गाउँपालिकाको ४ र ५ नम्बर वडाका १६ घर परिवारका ९२ जना बाढीका कारण बस्ती जोखिममा रहेको भन्दै घर छोडेका हुन्।

गाउँपालिकाका अध्यक्ष जमनसिंह धामीका अनुसार गन्याड नामक खहरे खोलामा आएको बाढीले स्थानीयहरूको बस्ती जोखिममा पारेको छ।

पानी परिरहेकै कारण बाढी जतिबेला पनि बस्तीमा पस्ने भन्दै स्थानीयहरूले घर छोडेर सुरक्षित ठाउँ खोजेर बसिरहेका अध्यक्ष धामीले जानकारी दिए।

धामीका अनुसार उनीहरू सुरक्षित ठाउँमा रहेका छरछिमेकी र विद्यालयको भवनमा बसेका हुन्।

स्थानीयसँगै घरभित्रको जिन्सी सामग्री र पशुचौपायालाई पनि सुरक्षित ठाउँमा सारिएको छ।

विपदबाट प्रभावित भएका स्थानीयहरूलाई गाउँपालिकाले सहयोग गरिरहेको अध्यक्ष धामीको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply