लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग फेरी अवरुद्ध

धनगढी असार २३
लगातारको वर्षाले सडक माथिबाट पहिरो खस्दा जयपृथ्वी राजमार्ग फेरी अवरुद्ध भएको छ । बैतडीको पाटन नगरपालिका ९ को बिजयपुर भन्दा अगाडि सडकमाथीबाट खसेको पहिरोले राजमार्ग अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक बलाराम पाण्डेले जानकारी दिए ।

सडक अवरुद्ध भएपछि बझाङ भित्रीने र बाहीरीने सवारी साधन तथा यात्रुहरु अहिले बिचबाटोमा नै अलपत्र परेका छन् । अवरुद्ध राजमार्ग खुलाउने प्रयास भैरहेको प्रहरीले जनाएको छ ।

जयपृथ्वी नगरपालिका – ७ मा पहिरो जाँदा शनिबार पनि जयपृथ्वी राजमार्ग अवरुद्ध भएको थियो । शनिबार दिउँसो सूचारु भएको सडक पुनः पहिरो गएपछि अवरुद्ध भएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply