धनगढी असार २४
लगातार वर्षाका कारण पहिरो खस्दा डडेलधुराको भित्री मधेस जोड्ने सडक अवरूद्ध भएको छ।
भारी वर्षा र त्यसपछि ठाउँ ठाउँमा पहिरो जाँदा जोगबुढा-बुडर सडक अवरूद्ध भएको हो।
आलीताल गाउँपालिकाको सुनखोला क्षेत्रमा सोमबार बिहानसम्म पहिरो खसिरहेको छ। पहिरो जाँदा सडक पूर्ण अवरूद्ध भएको छ।
सडक खुलाउन आलितान गाउँपालिका र परशुराम नगरपालिकाबाट जेसिबी र प्राविधिकहरू तयारी अवस्थामा राखिएको छ।
तर पानी लगातार परिरहेका कारण तत्कालै पहिरो पन्छाउने काम सुरू गर्न सम्भव नरहेको परशुराम नगरपालिकाका मेयर भरत बडायर जोशीले जानकारी दिए।
प्रविधिकले काम गर्न सक्ने अवस्था हुनेबित्तिकै सडक खुलाउने काम सुरू गरिने उनले बताए।
मनसुन सक्रिय भई भारी वर्षा हुने डडेल्धुरा जिल्ला पनि रेड जोनमा परेका हुनाले सबैमा सचेत तथा सुरक्षित रहन मेयर जोशीले अनुरोध गरे।
डडेलधुरामा पछिल्लो चौबिस घन्टामा धेरै भारी वर्षा मापन भएको छ।
साहुखर्कमा १५८.६ मिलिमिटर र चौरबन्डलेमा १५१ मिलिमिटर वर्षा भएको छ।