सामुदायिक वन समन्वयकाे आयोजनामा वृक्षारोपण उग्रतारामा पाँच हजार

हेमा भट्ट २ साउन २०८१
कञ्चनपुर: कृष्णपुर नगरपालिका स्थित उग्रतारा सामुदायिकमा बुधबार नगर प्रमुख हेमराज ओझाले बिरुवा राेपेर बृक्षा राेपण कार्यक्रमकाे शुभारम्भ गरेका हुन् ।
सामुदायिक वन समन्वय समिति कञ्चनपुरले वृक्षारोपण सप्ताहकाे दाेस्राे दिन उग्रतारा सामुदायिक वन भित्र ५ हजार वृक्षारोपण गरेका हुन । वन संरक्षण जैविक विविधताको संरक्षणका लागि साउन १ गतेदेखि वृक्षारोपण सप्ताह सुरु ३५ हजार वृक्षरोपण गरिने। कञ्चनपुरका ७ सामुदायिक वनमा वृक्षारोपण अभियान सञ्चालन गरिएको सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशीले जानकारी गराए ।

filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 8;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 48;

वृक्षारोपण सप्ताह साउन १ गते लालझाडी गाउँपालिकाको कञ्चन सामुदायिक वन मा गरिएको थियो । साउन २ गते कृष्णपुरको उग्रतारा सामुदायिक वन, साउन ३ गते झिलमिला सामुदायिक वन, साउन ४ गते भगवती सामुदायिक वन, साउन ५ गते बिरेन्द्र/दिपेन्द्र स्मृति समुदायिक वन, साउन ६ गते ग्वासी समैजी सामुदायिक वन र साउन ७ गते जनहित सामुदायिक वनमा वृक्षारोपण गरिने बताए ।
filter: 0; fileterIntensity: 0.0; filterMask: 0; brp_mask:0;
brp_del_th:null;
brp_del_sen:null;
delta:null;
module: photo;hw-remosaic: false;touch: (-1.0, -1.0);sceneMode: 2621440;cct_value: 0;AI_Scene: (-1, -1);aec_lux: 0.0;aec_lux_index: 0;albedo: ;confidence: ;motionLevel: -1;weatherinfo: null;temperature: 47;

सामुदायिक वन समन्वय समितिले प्रत्येक वर्ष वनहरुमा वृक्षारोपण अभियान सञ्चालन गर्दै आएको छ,’ अध्यक्ष जोशीले भने, ‘यस वर्ष वन प्रजातीका बिरुवाहरु रोप्छौं, यो अभियानको मुख्य उदेश्य विजय साल संरक्षण पनि रहेको छ।’

सामुदायिक वन समन्वय समितिले बिरुवाहरु उत्पादन तथा वितरण समेत गर्दै आएको बताए ।
उक्त बृक्षारोपन कार्यममा कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझा,
सामुदायिक वन समन्वय समितिका अध्यक्ष महेशदत्त जोशी,कृष्णपुर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष घुम्न राना, वन समन्वय समितिका पदाधिकारी शिवदत्त पन्त, वडा सदस्य, उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी,सब डिभिजन कार्यालयका कर्मचारी,बुद्धिजीवी समाजसेवी सहित स्थानीयहरुको सहभागिता रहेकाे थियाे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply