राष्ट्रिय दलित मुक्ति अभियानको जिल्ला अगुवा भेला धनगढीमा सम्प्रन्न

मनिसा सुनार
साउन १२
धनगढी : राष्ट्रिय दलित मुक्ति अभियानकाे अगुवा भेला कार्यक्रम सम्पन्न भएको छ। जिल्ला कैलालीको आयोजनामा धनगढी उपमहानगरपालिका स्थित एक हाेटलमा दलित अगुवा भेला  कार्यक्रम भब्यताका साथ सम्पन्न भएको राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसीले बताए । उनले दलित समुदायमाथि भइरहेको हिंसा, हत्या, विभेदविरुद्ध आवाज उठाउन जिल्ला जिल्लामा समूह गठन गरेको बताए । अध्यक्ष बिसीले दलितमाथि जातीय विभेद, छुवाछुत, सामाजिक विभेद, दमन–शोषण, असमानता, अन्याय, अत्याचार कायमै रहेको र गैरदलितले दलितलाई अहिलेसम्म मानव श्रेणीमा राखेर सम्मानजनक व्यवहार नगरेको बताए । सरकारले गरेका कुनै पनि नियुक्तिमा दलितलाई बेवास्ता गरियो संविधान र कानुनले छुवाछूत वर्जित गर्दासमेत दलितमाथि हिंसा, विभेद बढ्दो छ तर प्रतिरोध र विद्रोह भने ओरालो लागेको जानकारी गराए
उनले स्थानीय तह अन्तर्गत नगरपालिका, गाउँपालिका, वडा पालिकाले पनि दलित हकहित अधिकारको लागि खासै कुनै काम नगरेको बताए । घर, आँगन, धारा–पँधेरा, मठमन्दिर, स्कुल, बिहे–व्रतबन्ध, मृत्यु संस्कार तथा भोजभतेरमा कुनै न कुनै रूपमा छुवाछूत, अपमान भाेग्दै आएको बताए ।

स्थानीय सरकार प्रदेश सरकार र संघीय सरकारले अहिलेसम्म बजेट, नीति तथा कार्यक्रममा दलित सवाल अधिकारलाई समावेश नगरिएकोले दलित समुदायको समस्या, दलित अधिकारकोलागि सङ्घर्ष गर्न आवश्यक भएकोले राष्ट्रिय दलित मुक्ति अभियान गठन गरिएको बताए । संविधानमा समानुपातिक प्रतिनिधित्वको व्यवस्था भए पनि अहिले संघीय र प्रदेश सरकारहरूमा दलित प्रतिनिधित्व शून्य रहेकोे जानकारी गराए  

सुदूरपश्चिमका ९ ओटा जिल्लामा राष्ट्रिय दलित मुक्ति अभियान समूह गठन गरिने उनले बताए । राष्ट्रिय दलित मुक्ति अभियानकाे अगुवा भेलाबाट गणेश बिककाे संयोजकत्वमा २९सदस्यीय समिति गठन भएको छ । उपाध्यक्षमा पदम नेपाली सचिवमा कुसुम बिक लगायत अन्य सदस्य रहेका छन् । राष्ट्रिय दलित मुक्ति अभियानको अगुवा भेला कार्यक्रमकाे सभापतित्वमा विष्णु बिक प्रमुख अतिथि राष्ट्रिय दलित मुक्ति अभियानका केन्द्रीय अध्यक्ष प्रेम बिसी विशिष्ट अतिथिमा समाजसेवी बुद्धिजीवी कमल टेलर, हिक्मत दर्जी रहेका थिए भने अतिथिमा चन्द्र ताम्राकार, बिर्खलाल विश्वकर्मा विभिन्न संघसंस्थामा आबद्ध खडक बिक, जंगजगत बिक,गणेश बिक,सबिता घिमिरे गायतको बाक्लो सहभागिता रहेको अध्यक्ष बिसीले बताए । राष्ट्रिय दलित मुक्ति अभियान ले “दलित मुक्ति को एउटै आधार,पहिचान सहितको विशेष अधिकार “को नारा बोकि बर्षौ देखि अन्याय,अत्याचार,बिभेद उत्पीडन, सहदै आइरहेका दलित समुदायलाई आफ्नो हक अधिकार को लागी यकजुट हुनु पर्छ भनी जन चेतना जगाउदै देश का विभिन्न जिल्ला,गाउँमा दलित जागरण कार्यक्रम गर्दै दलित समुदायको गाउ गाउ बस्ती बस्ती मा पुगिरहेको अवस्था मा आज कैलाली जिल्लामा २९ सदस्यीय जिल्ला कमिटी गठन गरियको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply