कञ्चनपुरको प्रंहरीले गत आर्थिक बर्षमा ठुलो परिमाणका अवैध भन्सार चोरीछलीका समान बरामद

धनगढीः साउन २५
कञ्चनपुरको प्रंहरीले गत आर्थिक बर्षमा ठुलो परिमाणका अवैध भन्सार चोरीछलीका समान बरामद गरेको छ । ६ करोड, ३७ लाख, ८५ हजार, ५ सय १९रुपैया बराबरको अवैध समान बरामद गरेर भन्सार चलान गरेको छ । अधिल्लो आर्थिक बर्ष ०७९÷०८०मा २करोड, २४लाख, ०४हजार ४२३ र त्यसभन्दा अधिल्लो बर्ष ०७८÷०७९मा १करोड, १७लाख ५४ हजार, २८०रुपैया बराबरको समान बरामद गरिएको छ।

पछिल्ला तीन बर्षको अवधिमा गत आर्थिक बर्षमा निकै ठुलो परिमाणमा अवैध समान बरामद गरिएको छ । फागुनदेखि यता मात्रै २करोड, ८६लाख, ४३ हजार, ८२रुपैया बराबरको समान बरामद गरिएको छ ।

कञ्चनपुर भन्सारकै तथ्याङ्क अनुसार पनि गत आर्थिक बर्षमा अधिल्लो आर्थिक बर्ष भन्दा २०प्रतिशत भन्सार राजस्व बृद्धिमा समेत नेपाल प्रहरीले जिल्लाभरीबाट गैर कानुनी रुपमा चोरीतस्करीका समान बरामद गर्दै भन्सार चलान गरेको कामले समेत भन्सार लक्ष्य नजिक पुगेको अधिकारीहरुको भनाई छ । गत आर्थिक बर्षमा कञ्चनपुर प्रहरीको नेतृत्वद्वय एसपी कमल थापा र चक्रराज जोशीले सम्मालेका थिए ।

गत फागुनदेखि जोशी हालसम्म कार्यरत रहेका छन । पछिल्ला दिनहरुमा प्रहरीले भन्सार चोरीछलीदेखिका कामकाजमा उच्च सकृयता देखाएसंगै तस्कर समुहको रातारात कमाउने सपना चकनाचुर भएको छ ।

विगतका बर्षहरुमा तस्कर समुहले प्रहरीसंग सेटिङ्ग गरेर करोडौँका समान भित्र्राउने गरेको भएपनि तत्तकालिन कञ्चनपुर प्रहरी प्रमुख एसपी दिल्लीराज विष्ट, गत बर्षका एसपी कमल थापाको कार्यकालदेखि यता अहिलेका एसपी चक्रराज जोशीले तस्करसंग हिमचिम नभई सिधै डण्डा बजाउने काम गरेपछि तस्कर समुहको विचल्ली रुवाबासी चलेको छ ।

०७५ सालमा एसपी दिल्लीराज विष्टले कञ्चनपुरको कमाण्ड सम्हालेपछि लागु औषध नियन्त्रणका लागि सोल्पावालादेखि सप्लार्यमाथि कार्बाही शुरुवात गरेका थिए । तस्करी नियन्त्रणमा प्रहरीका जिल्ला कमाण्डरले गरेको भूमिकाको नागरिक स्तरमा समेत प्रसंसा भईरहेको छ । कञ्चनपुरमा एक बर्षको अवधिमा झण्डै अढाई सय फरार अभियुक्त पक्राउ परेका छन ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले एक बर्षको अवधिमा २ सय ४५ फरार अभियुक्त पक्राउ गरेको हो । (फागुनदेखि असारसम्म) ६ महिनाको अवधिमा मात्रै १ सय ५८ अभियुक्त पक्राउ परेका थिए । आर्थिक बर्ष ०८०÷०८१ मा विभिन्न मुद्दामा अदालतबाट दोषि ठहर भएका अभियुक्त पक्राउ गरेको अदालत पेश गर्दै कारागार चलान गरिएको कञ्चनपुर प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता उमेशराज जोशीले विभिन्न प्रकृतिका अपराधिक मुद्दामा अदालतबाट दोसी ठहर भएका कैद र जरिवाना भुक्तान गर्न बाँकी रहेका अभियुक्तहरुलाई पक्राउ गरिएको बताए ।

कञ्चनपुर प्रहरीको तथ्याङ्क अनुसार अघिल्लो आर्थिक बर्ष ०७९÷०८० मा २२ अभियुक्त र त्यो भन्दा अधिल्लो बर्ष ०७८÷०७९ मा एकपनि फरार अभियुक्त पक्राउ परेका थिएनन । यस्तै प्रहरीको तथ्याङ्क अनुसार गत आर्थिक बर्षमा लागु औषध नियन्त्रण तर्फ २सय ८४ जना लागु औषधका तस्कर, सेवनकर्ता पक्राउ गरेका छन ।

उनीहरुको साथबाट ७किलो, ६७७ग्राम, ५९४मिनिग्राम चरेश, ३१५ ग्राम, १५ मिलिग्राम खैरोहिरोईन बरामद गरेको छ । काठ तस्करी तर्फ ८जना काठ तस्कर पक्राउ उनीहरुको साटबाट ७ सवारी साधन, २०लाख, ८ हजार ६१७रुपैया बराबरको ५८४क्युफिट काठ बरामद गरेको छ ।

गैर कानुनी रुपमा नदीजन्य पदार्थको दोहन गर्ने ५२मानिस, ५टिप्पर, ४६ टेक्टर गरेर उनीहरुबाट १३लाख, ८७हजार ५सय राजस्व संकलन गरेको छ । १सय ८८ जुहाडेको साथबाट १२लाख, ९६हजार ३९७रुपैया बरामद गरेको छ । भने, १८ मुद्दा चलाएको छ । स्थानीयले कञ्चनपुर प्रहरीले यसैगरी भन्सार राजस्व छली गर्ने, सेटिङ्ग गर्ने तस्कर, विभिन्न अपराध गरेर भाग्ने अपराधिमाथि डण्डा बजाएर सुशासन कायम निरन्तरमा जोडदिएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply