उपचारका लागि सहयोग गरिदिन आग्रह

हेमा भट्ट
धनगढी : पाटन नगरपालिका-८ बस्ने विकको परिवारले उपचार खर्चका लागि सहयोगको याचना गरेको छ। आर्थिक अभावले बैतडीको पाटन नगरपालिका वडा नम्बर ८ कि गौमती विकको उपचारमा समस्या भएको छ । घर नजिकैको ठाडोखोला भन्ने भिरबाट लडेकी ४५ बर्षीया गौमतीको टाउकोमा गम्भीर चोट लागेको छ । अहिलेसम्म होस खुलेको छैन ।
धनगढीस्थित माया मेट्रो अस्पतालमा उनको उपचार भइरहेको छ । डाक्टरले टाउकोको अप्रेसन गर्नुपर्ने बताएका छन् । टाउकोको अप्रेसनका लागि डिपोजिट गर्नुपर्ने अस्पतालले भनेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएका कारण उपचारमा समस्या भएको हो । आर्थिक सहयोग गरेर ज्यान बचाइदिन परिवारले सम्पूर्ण सहयोगीसमक्ष अपिल गरेको छ । आर्थिक सहयोग गर्न चाहाने सहयोगीदाताहरुलाई उहाँकै छाेरी धाना विकको नाममा रहेको ग्लोबल आईएमई बैंकको खाता नम्बर ०३१०७०१०१३५०३० मा रकम जम्मा गर्न परिवारजनले आग्रह गरेको छ। बिरामीको अवस्था बुझ्न ९७४९३००५२९ मा सम्पर्क गर्न सकिने छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply