रैकवार खबर दैनिक छैठौं वर्षमा प्रवेश

भदौ ०१ शनिबार
धनगढी : रैकवार सन्चार केन्द्र द्वारा प्रकाशित रैकवार खबर दैनिक पत्रीका को छैठौं बार्सिकोत्सब धनगढी उपमहानगरपालिका चटकपुर स्थित आफ्नै कार्यालयमा भब्यताका साथ सप्पन्न भएको छ । रैकवार सञ्चार केन्द्रका प्रकाशक पदम शुनार को सभापतित्वमा भएको कार्यक्रममा कृष्णपुर नगरपालिका का मेयर हेमराज ओझा प्रमुख अतिथि रहनुभएको थियो । विशिष्ट अतिथिमा कैलाली जिल्ला पत्रकार महासंघका का अध्यक्ष हिमाल जोशि रहनुभएको थियो प्रमुख अतिथि मेयर ओझाले अनलाइन र छापा पत्रीकाको बिचमा बर्चस्व कायम गर्न सफल पत्रीका रैकवार खबर दैनिक भएको बताउनुभयो ओझाले निश्पक्ष समाचार सम्प्रेषण ले जनता र पाठक को मन जित्न सफल भएको र आगामी दिनमा आफ्नो नगरपालिका ले सहयोग गर्ने बचन बद्दता व्यक्त गर्नुभयो ।

विशिष्ट अतिथि हिमाल जोशिले पत्रकारिताको धर्म अनुसार सत्यतथ्य निश्पक्ष सुचना तथा समाचार सम्प्रेषण गरि लक्षित बर्ग तथा सर्बसाधारण को बिश्वास जित्न सफल भएको बताउदै पत्रीका को निरन्तरता को शुभकामना व्यक्त गर्नुभयो ।

सभापति पदम सुनारले समाचार मा सम्झौता नहुने बताउदै निश्पक्ष पत्रकारिता आफ्नो लक्ष्य रहेको बताउनुभयो रैकवार खबर पत्रिकाको स्तरोन्नति तथा विस्तारमा सहयोग गर्ने विशेष प्रतिनिधि, प्रतिनिधिहरु र निरन्तर लेख उपलब्ध गराउने स्तम्भकारहरु र विज्ञापनदाताहरु प्रति सुनारले आभार प्रकट गरेका छन् ।

रैकवार खबर दैनिक पत्रिकासँगै अनलाइन www.raikwarjhabar.com संस्करण सञ्चालन गर्दै आएको छ । पत्रिकाको वार्षिक उत्सव कार्यक्रमसँगै प्रकाशित÷प्रसारित सामग्रीहरु कसरी गुणस्तरीय र विश्वासनीय बनाउने भन्ने विषयमा गहँन छलफल गरी आगामी कार्य योजना निर्माण गरिने पत्रिकाका कार्यकारी सम्पादक हेमा भट्टले जनाएको छ । आस्था, अस्तित्व र समानताका आवाजलाई बुलन्द गर्न प्रकाशन प्रारम्भ गरिएको र‌ैकवार खबर दैनिक २०७७ साल माघ २९ गते जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दर्ता नम्बर २४१२/०७७-०७८ मा दर्ता गरी निरन्तर प्रकाशन हुँदै आएको छ ।कार्यक्रममा दिनेश खबरका सम्पादक विरेन्द्र भट्ट टीकापुर का पत्रकार गणेश क्षेत्री, महेन्द्रनगर का पत्रकार हेमा भट्ट, धनगढी का पत्रकार प्रयाग राज जोशि ,समाज सेबि सन्तोष चौधरी ,पत्रकार बर्षा सुनार लगायत को उपस्थिति रहेको कार्यक्रम संचालन समाजसेवी तथा रैकवार खबर दैनिकका ब्यवस्थापन अध्यक्ष लालबहादुर चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply