बंगलादेशले श्रीलंकालाई हराएसँगै समूहको अन्तिम खेलअघि नै नेपाल सेमिफाइनलमा

धनगढी भदौ ४
साफ यू-२० च्याम्पियनसिपमा नेपाल समूहको अन्तिम खेलअघि सेमिफाइनलमा पुगेको छ।

मंगलबार एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको समूह ‘ए’ को खेलमा बंगालदेशले श्रीलंकालाई २-० गोलले पराजित गर्‍यो।

यो नतिजासँगै समूह ‘ए’ बाट नेपाल र बंगलादेश अन्तिम चारमा पुगेका छन्। लगातार दुई खेलमा पराजित भएको श्रीलंका भने समूह चरणबाटै बाहिरिएको छ।

यसअघि नेपालले आइतबार भएको उद्‌घाटन खेलमा श्रीलंकामाथि १-० गोलको जित निकालेको थियो।

अब बिहीबार नेपाल र बंगलादेशबीचको खेलबाट समूह विजेताको टुंगो लाग्नेछ।

प्रतियोगितामा समूह ‘बी’ को खेलमा भोलि बुधबार माल्दिभ्स र भुटानबीच खेल हुनेछ। यसअघि सोमबार भुटानमाथि भारतले १-० गोलको जित निकालेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply