धनगढीमा स्थापना भएको १५ वर्षपछि सिटिजन बैकको सुदूरपश्चिम प्रदेश कार्यालयको आफ्नै भवनमा

भाद्र ६,धनगढी:
सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा स्थापना भएको १५ वर्षपछि सिटिजन बैकको सुदूरपश्चिम प्रदेश कार्यालय र धनगढी शाखा कार्यालय आफ्नै भवनमा सरेको छ । विहीबार बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोख्रेलले एक कार्यक्रमका विच आफ्नै भवनको उद्घाटन गरेका हुन ।

लामो समयदेखि धनगढी वसपार्क नजिक मेनरोडमा भाडाको घरमा रहेको बैंक अहिले चटकपुर राष्ट्रिय बाणिज्य बैंक नजिक ६ लेसडकमा आफ्नै भवनबाट सेवा दिने भएको छ । उद्घाटन कार्यक्रममा सुदूरपश्चिम प्रदेश कार्यालय प्रमुख हरि प्रसाद घिमिरे लगायत कर्मचारी र सेवाग्राहीहरुको उपस्थिती रहेको थियो । यस बैंकका हाल सुदूरपश्चिका १० सहित देशभर १ सय ९७ शाखाबाट सेवा दिईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply