सिता सामुदायिक बनको आर्थिक बर्ष २०८१/ ०८२ को बार्षिक योजना तथा तर्जुमा गोष्ठी

भदौ ७
कञ्चनपुर : सिता सामुदायिक बनको आर्थिक बर्ष २०८१/ ०८२ को बार्षिक योजना तथा तर्जुमा गोष्ठी कृष्णपुर नगरपालिका ९ स्थित सीता सामुदायिक वनकाे भवनमा शुक्रबार विशेष कार्यक्रमका साथ गरियो ।

सिता सामुदायिक बन को अध्यक्ष पुनाराम चौधरी को सभापतित्वमा भएको कार्यक्रम मा प्रमुख अतिथि वडा सदस्य सलिना बिक रहनुभएको थियो । विशिष्ट अतिथिमा पिपिरिया सब डिभिजन का प्रमुख नबिन सिंह,कृष्णपुर ९ का निवर्तमान वडा अध्यक्ष छत्र बहादुर महरा अतिथि समाजसेवी लालबहादुर चौधरी लगायतको उपस्थिति रहेकोे थियो ।

प्रमुख अतिथि सलिना बिक ले हरियो बन नेपालको धन भन्ने उखान लाइ सिता सामुदायिक बन ले ब्यवहार मा उतारेको बताउनुभयो ।यो सामुदायिक बनमा संस्थागत प्रबन्ध सुशासन कायम रहेको बताउदै कुनै पनि योजना बनाउँदा दीर्घकालीन हुनुपर्ने र त्यो योजना बाट बन बाताबरण को साथै उपभोक्ता प्रत्यक्ष लाभान्वित हुनुपर्ने बताउनुभयो ।

विशिष्ट अतिथि पिपरिया डिभिजन बन का अधिकृत नबिन सिह ले गोष्ठीमा बन परिस्थितिकिय प्रणालि र ब्यवस्थापन बनमा शुसासन र संस्थागत प्रबन्ध अर्थतन्त्र तथा जिबिकोपार्जन लगायत सामुदायिक बनसङ्ग सरोकार राख्ने लगायत का बिभिन्न विषयमा छलफल गरेका थिए ।

कार्यक्रम मा पिपरिया डिभिजन बनका अधिकृत , समाजसेवी , सामुदायिक बन उपभोक्ता समुहका प्रतिनिधि , बन र जैबिक बिबिधतामा काम गर्ने संघ संस्थाका प्रतिनिधि र बिज्ञहरु सहभागी रहेकाे थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply