खक्रौला भन्सारमा भन्सार प्रमुख को मनपरि भिडियो सहित

भदौ ७,धनगढी:
गणेश क्षेत्री
कैलाली जिल्लाको सत्ति भन्सार कार्यालय खक्रौलामा भन्सार प्रमुख को मनपरि ले आर्थिक बर्ष २०८१ / ८२ को पहिलो महिनामा नै लक्ष्य अनुरुप राजस्व संकलनमा चुकेको छ भने पक्राउ गरेको खाध्य पदार्थ समेत परिक्षण बिनानै लिलाम गर्दा उपभोक्ता को स्वास्थ माथि खेलवाड गरेको तथ्य फेला परेको छ
आर्थिक बर्ष २०८१ / ८२ मा लक्ष्य १२ करोड ७ लाख ३ हजार २ सय रहेको र श्रावण महिनाको लक्ष्य ९३ लाख ८ हजार रहेकोमा ७६ लाख ५० हजार ५ सय राजस्व संकलन गरेको सत्ति भन्सार कार्यालय खक्रौलाका भन्सार प्रमुख दिनहरि सापकोटा ले बताउनुभयो


बिना परिक्षण किन खाद्य पदार्थ लिलाम गरेको भनेर प्रस्न गर्दा भन्सार प्रमुख ले कम मात्रामा भएकोले परिक्षण गर्न प्रयोगशाला मा पठाउँदा अनावश्यक खर्च धेरै लाग्ने हुनाले परिक्षण बिनानै लिलाम गरेको वताउनुभयो

तर टीकापुर उध्योग बाणिज्य संघ का पुर्ब महासचिव तपेन्द्र स्वाँर ले ठुलो परिणाम र सानो परिणाम भन्ने हुँदैन ! बिना परिक्षण खाध्य पदार्थ लिलाम गर्नु भनेको उपभोक्ताको स्वास्थ माथिको गम्भिर खेलवाड भएको बताउनुभयो ! भोलि बिना परिक्षण लिलाम गरेको तेल , बिस्कुट ,मैदा लगायत का बस्तुहरु कसैले खाएर स्वास्थ्य खराब भयो भने कस्ले जिम्मेवारि लिने ? भन्सार प्रमुख ले जिम्मेवारी लिनुपर्ने स्वाँर को भनाइ थियो

त्यसैगरि भन्सार कर्मचारी को उपस्थिति बिना नै ब्यापारी ले सामान गाडीमा किन राखिरहेको छन् भनेर प्रस्न गर्दा ब्यापारी ले भन्सार बनाएर जान्छन् कर्मचारी सामान लोड गर्ने ठाउँमा बस्न जरुरी छैन भनेर गैरजिम्मेवार जवाफ समेत भन्सार प्रमुख दिनहरि सापकोटा ले दिन भ्याए अझै उक्त लोड भएको गाडी राजस्व बिभाग बाहेक प्रहरी ले सामान खोतल्न समेत नपाउने भनेर कानुनि धारा समेत देखाए ! राजस्व तिरेको भन्दा सामान ठुलो परिणाम मा छ भन्ने प्रहरी लाइ लागेमा पनि राजस्व बिभाग लाइ बोलाउनु झन्झटिलो भएकोले प्रहरी हरु तर्किने गरेकोले ब्यापारीहरु भन्सार पमुखको मिलेमतोमा राजस्व तिरेको भन्दा ठुलो परिणाम मा सामान ल्याउने गरेको पाइएको छ

असार र श्रावण महिना बर्सात को समय भएपनि महिलाले हरियो धोति , सुट लगाउने र तिज नजिकै आउँदा पनि भन्सार मा लत्ताकपडा को राजस्व काटेको लगभग सुन्य परिणाम नै देखिएको छ

केहि समय अघि अबैध रुपमा भित्रीएका मानब स्वास्थमा प्रतिकुल असर पार्ने बैखा माछा खाल्डाेमा गाड्न तयार पारिएको माछा समेत भन्सार कर्मचारी को उपस्थितिमा नै निकालेर आफुखुशि लग्न दिनाले पनि भन्सार का कर्मचारी को मनपरि कति हदसम्म छ भनेर प्रमाणित हुन्छ

पक्राउ परेका युरिया , डियपि पोटास समेत बिना परिक्षण लिलाम भन्सार प्रमुख ले गर्ने गरेका छन् ! बिना परिक्षण रासायनिक मल लिलाम गर्दा उब्जनिमा समेत असर पर्नुका साथै उर्बरा शक्ति समेत नस्ट हुनसक्ने कृषक रामकृष्ण चौधरी ले बताउनुभयो

भन्सार प्रमुख दिनहरि सापकोटा ले भन्सार परिसर मात्रै कुरेर बस्ने गरेको र २ महिनाको अबधिमा भन्सार गस्तिमा नजाने र भन्सार मा आएका आफ्ना निकट का ब्यापारी लाइ मिलेमतो मा सामान ओसारपसार गर्न दिने गरेका छन् भने भन्सार को कार्यक्षेत्र अन्तर्गत को भजनि र श्रीलंका को क्षेत्रमा गस्तिमा समेत नजाने गरेको पाइएको छ ! स्थानीय श्रवण श्रेष्ठले भन्सार प्रमुख गस्तिमा निस्किएको आकल झुकल मात्रै देखिएको बताउनुभयो ! भन्सार को सुरक्षार्थ खटिएको सशस्त्र प्रहरी को गुल्म का सशस्त्र प्रहरी नायब उपरीक्षक पूर्ण चन्द ले भन्सार प्रमुखले २ महिनामा ५ पटक जति मात्रै गस्तिमा लगेको बताउनुभयो भने प्रहरी चौकि कालाकुन्डा का इन्चार्ज प्रहरी नायब निरीक्षक बिसन दत्त भट्टले पनि ५ पटक जति मात्रै भन्सार प्रमुख ले गस्तिमा लगेको बताउनुभयो

भन्सार छलि गरेको सामान इलाका प्रहरी कार्यालय टीकापुर का इन्चार्ज प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारी ले आर्थिक बर्ष २०८०/८१ मा ३३ लाख ४१ हजार बराबरको सामान बरामद गरेको र श्रावण मा ४ लाख १४ हजार बराबरको अबैध सामान बरामद गरेको बताउनुभयो

त्यसैगरी इलाका प्रहरी कार्यालय भजनिका प्रहरी निरीक्षक लोक राज जोशी ले भन्सार छलि गरेर भित्रीएका अबैध सामान आर्थिक बर्ष २०८१/८२ मा ५० लाख ७१हजार ५सय ४५ रुपैयाँ बराबरको सामान बरामद गरेको बताउनुभयो

त्यसैगरि भन्सार छलि गरेको ७लाख ५४ हजार ५सय ३७ रुपैयाँ बराबरको सामान इलाका प्रहरी कार्यालय लम्किले बरामद गरेको इलाका प्रहरी कार्यालय लम्किका इन्चार्ज कान्तिराज जोशिले बताउनुभयो

भन्सार प्रमुखको मनपरि ले एकातिर राजस्व संकलनमा कमि भएको छ र अबैध सामान भित्रीरहेको छ भने बिना परिक्षण खाध्यबस्तु लिलाम गर्दा जनताको स्वास्थ्य माथि खेलवाड गर्ने भन्सार प्रमुख लाइ बिभागले कार्बाहि गर्न जरुरि भएको स्थानीय समाजसेवी नरेस्वर धमालाले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply