महाकाली सामुदायिक बन उपभोक्ता समूहको १७औं बार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट
भदौ ८
कञ्चनपुर : कृष्णपुर नगरपालिका वडा नं. ६ बन्जरिया स्थित महाकाली सामुदायिक वन उपभोक्ता समूहको शनिबार १७औं वार्षिक साधारणसभा, सार्वजनिक सुनुवाई र सार्वजनिक लेखा परीक्षण सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका वडा नंं. ६ बन्जरियामा रहेको संस्थाको आफ्नै कार्यालयमा कार्यक्रम गरिएको हो । उद्घघाटन सत्रमा बोल्ने वक्ताहरुले सामुदायिक वन तथा ठाउँले सम्भावना बोकेको हुँदा यहाँको विकासमा अग्रसर हुनुपर्नेमा जोड दिएका छन् । वक्ताहरुले वनमा आबद्ध सदस्यहरुको सक्रीयता भएमात्र विकास हुनसक्ने भएकाले सबैलाई लाग्न अनुरोध गरे ।

कृष्णपुर नगरपालिका नगरप्रमुखहेमराज ओझको प्रमुख अतिथ्यतामा भएको कार्यक्रममा पिपरिया सव डिभिजन वन कार्यालयका प्रमुख नवीन सिंहले सामुदायिक वनले स्थानीयलाई सहयोग पुर्याउने हुँदा यसको संरक्षण गर्न उत्तिकै आवश्यक भएको बताए । उनले सामुदायिक वन भित्र रहेका सम्भावनाको खोजी गरी अघि बढ्न स्थानीयलाई आव्हान गरे ।

।कार्यक्रमका प्रमुख अतिथि कृष्णपुर नगरपालिका मेयर हेमराज ओझाले सामुदायिक बनको उपलब्धि भनेको उपभोक्ताहरु भएको हुँदा बन संरक्षण र संवद्र्धनमा महाकाली सामुदायिक वन उपभोक्ता समुह एकजुट हुनुपर्ने बताए । बन आम्दानीको श्रोत भएकाले यसको संरक्षण र सम्वद्र्धनमा आम उपभोक्ताहरुले बनलाई आफ्नो हो भनेर सक्रिय रुपमा लाग्नुपर्ने बताउँदै वनले बजेट तथा कार्यक्रम बनाउँदा स्थानीय सरकारसंग समन्वय गर्न आग्रह गरे । बनका अध्यक्ष वीर बहादुर राजवंशीकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथि

कृष्णपुर नगरपालिकाका ६ का वडा अध्यक्ष बाबुराम चौधरी, अतिथि कृष्णपुर ६ वडा सदस्य आस्पति देवी राजवंशी, पूर्व अध्यक्ष मेघ बहादुर कडाल,समाजसेवी जीत बहादुर करियाकंग्रहवा, पुर्व कार्य समिति बुद्धिजीवी समाजसेवी सामुदायिक वनका सदस्य लेखा समिति अनुगमन समिति सल्लाहकार समिति पत्रकार लगायतकाे उपस्थिति रहेकोे थियो ।

२ सय ४६ जना उपभोक्ता रहेको सामुदायिक बनको कार्यक्रमलाई स्वागत मन्तव्य निसान्त खड्का संचालन रामकृष्ण चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply