बहुउद्देश्यीय बिकास समाज द्घारा बाढी प्रभावित बस्तीमा अनुगमन

भदौ ८,धनगढी:

भाद्र ४ र ६ गतेको अबिरल बर्षाले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा बाढी तथा डुबान भएपछि कैलारी गाउँपालिका र भजनी नगरपालिका संगको समन्वयमा बहुउद्देश्यीय बिकास समाज,डडेल्धुराले तत्काल बाढी प्रभावित बस्तीहरुमा गई बाढी तथा डुबानमा फसेका र समस्यामा परेका ब्यक्तिहरुको तत्काल उद्घार र सुरक्षा कार्यमा सहयोग गरेको छ । यसैबिच बहुउद्देश्यीय बिकास समाज डडेल्धुराले कैलारी र भजनीका बाढी तथा डुबानबाट अत्यन्तै प्रभाबित क्षेत्र तथा बस्तीहरुको अनुगमन गरेको छ ।

कैलारी गाउँपालिका र भजनी नगरपालिकाको समन्वय,किया र कोडेडको सहयोगमा संचालित प्रकोप जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिममा बाढी र पहिरो प्रभाबितलाई सहयोग कार्यक्रम अन्तर्गत उक्त अनुगमन गरिएको संस्थाका डिआरआर टेक्निकल एक्सपर्ट राजेन्द्र रैकाले जानकारी दिनुभयो । उहाँले कैलारी गाउँपालिका र भजनी नगरपालिकामा बाढी तथा डुबानले स्थानीयबासीहरु अत्यन्तै त्रसित र खान बस्नको समस्याको साथै संकटासन्न अवस्थामा रहेको बताउनु भयो । उहाँले भन्नुभयो “बाढी तथा डुबानले सबै भन्दा दलित बस्ती,मुक्त कमैया शिबिर,सिमान्तकृत समुदायका महिला बालबालिका,अपंगता भएका ब्यक्तिहरु,जेष्ठ नागरिक बढी समस्यामा रहेको बताउनु भयो । “उनीहरुलाई तत्काल राहत र काउन्सिलिङको आवश्यकता छ ।” अनुगमनमा कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरी,वडा अध्यक्षहरु,अन्य जनप्रतिनिधि,राजनैतिक दलका प्रतिनिधि,भलबन्सा,स्थानीय टास्कफोर्स,बिपद ब्यवस्थापन समिति,बिपद फोकल पर्सन,रेडक्रस,प्रहरी प्रशासन लगायतको सहभागीता रहेको थियोे ।

बाढीले गाउँपालिका पुरै जलमग्न भई नागरिकहरु समस्यामा परे पछि भाद्र ६ गते स्थानीय बिपद ब्यवस्थापन समितिको आपत्तकालिन बैठक बस्यो,बैठकमा जनप्रतिनिधि ,राजनैतिक दल र बहुउद्देश्यीय बिकास समाज डडेल्धुराको पनि प्रतिनिधित्व रहेको थियोे । बैठकमा बिपदको बेला स्थानीय,प्रदेश र केन्द्र सरकार र नागरिक संघसंस्थाको समन्वय सहयोग र सहकार्यका लागि तत्काल अनुरोध गर्ने निर्णय गरियो ।

यसैबिच कैलारी गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले ४ देखि ६ गते सम्मको अबिर बर्षाले पालिका भरी स्थानीयबासीहरु बाढी तथ डुबानको चपेटामा परी समस्या ग्रस्त अवस्थामा रहेको भन्दै विभिन्न सरकारी एंव गैरसरकारी संघसंस्थालाई आवश्यक सहयोग,राहत र सहकार्यका लागि अपिल गरेका छन् ।

३ दिनको अबिरल बर्षाले कैलारी गाउँपालिकामा मात्रै ५४७ जना पुर्ण प्रभावित, १७४ जना बिस्थापित र २१९ जनाको घरमा क्षेती भएको पालिकाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply