चेकजाँच को नाममा सर्बसाधारण लाइ सास्ति

भदौ ८,धनगढी:
गणेश क्षेत्री /
कैलाली जिल्लाको खक्रौला स्थित भन्सार औद्योगिक तथा सिमा सुरक्षाको जिम्मा पाएको सशस्त्र प्रहरी का प्रस्तावित गुल्मका गुल्मपति ले चेकजाँच को नाममा सिमापारि बाट किनमेल गरेर आउने सर्बसाधारण लाइ सास्ति दिन थालेका छन्

नयाँ गुल्मपति भएर पुर्ण चन्द आएको केहि समय सम्म शान्त बसेपनि चेकजाँच को नाममा ईन्डिया बाट आउने ब्यक्तिहरुलाइ तिन ठाउँमा सशस्त्र प्रहरीले सामान खोल्न लगाएर दु:ख दिन थालेपछि स्थानीय हरु आक्रोशित भएका छन् ! शुरुमा खक्रौला गुल्म को गेट अघि सामान खोतल्न लगाएर चेकजाँच त्यसपछि पुलमा नेपाल प्रहरीको चेकजाँच त्यसपछि भन्सार को कर्मचारी को चेकजाँच त्यसपछि त्यहि गुल्मका सशस्त्र प्रहरी द्वारा चेकजाँच त्यसपछि ५० मिटर को दुरिमा फेरि त्यहि गुल्मका सशस्त्र प्रहरी द्वारा चेकजाँच गर्दा भारतिय बजारमा किनमेल गर्न जाने ब्यक्तिहरु आजित भएका छन्

सशस्त्र प्रहरी गुल्म का गुल्मपति पुर्ण चन्दलाइ तपाइँकै गुल्मबाट खटियका सशस्त्र प्रहरीले एउटै ब्यक्ति लाइ किन तिन ठाउँमा सामान खोतलेर अनावश्यक दुख दिएको भनेर प्रस्न गर्दा माथिको आदेश छ त्यसैले चेकजाँच गर्छौ भनेर जवाफ दिए !

ठाउँ ठाउँमा चेकजाँच गर्न लगाएपछि सामान पक्राउ नपरेपछि डियसपि चन्दले साँझ आफ्नो मातहत का तल्लो दर्जाका प्रहरी लाइ हप्काउने गरेको र जसरि हुन्छ मैले माथि पक्राउ गरेको सामान देखाउनै पर्छ पक्राउ गर्नै पर्छ भनेर दवाब दिने गरेका छन्

च्याखे थापेर घरायसी सामान ल्याउमे हरुको सामान जफत गर्न लगाउने चन्द ले आफ्नो चिनजान भएका ब्यक्तिहरुको सामान भने छोडने गरेका छन् त्यो सामान ब्यापारीक प्रयोजन कै किन नहोस

सशस्त्र प्रहरिका पुर्ब सशस्त्र प्रहरी नायब निरीक्षक गणेश शाह ले सिमा संबेदनसिल हुन्छ चेकजाँच मा कडाइ गरेकै राम्रो तर एउटै गुल्म का सशस्त्र प्रहरीले तिन ठाउँमा ५० मिटरको दुरिमा चेक किन गर्नु पर्यो ? एउटा ठाउँमा सबै सामान झिकेर राम्रोसँग चेकजाँच गर्ने भन्सार बनाए नबनाएको हेर्ने नगरेर अनावश्यक दुख दिनु अधिकार को चरम दुरुपयोग भएको बताउनुभयो

सशस्त्र प्रहरी ले सर्बसाधारण लाइ चेकजाँच को बहानामा जति दु:ख दिएपनि इलाका प्रहरी कार्यालय टीकापुर ले आर्थिक बर्ष २०८०/८१ मा ३३ लाख ४१ हजार बराबरको भन्सार छलि गरेको सामान र श्रावण मा ४ लाख १४ हजार बराबरको भन्सार छलिको सामान पक्राउ गर्नाले सिमामा अग्र पंतिमा बसेको सशस्त्र प्रहरीको वास्तविकता उदाङ्गिएको जानकार हरु बताउँछन

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply