राजघाट शिव दुर्गा मन्दिरमा देउडा प्रतियोगिता सुरु

भदौ ९,धनगढी:
हेमा भट्ट
कृष्णपुर नगरपालिका वडा नं.९ राजघाटमा रहेको शिव दुर्गा मन्दिरमा गौरा पर्वको अवसरमा भब्यताका साथ देउडा प्रतियोगिता मेला सुरु भएको छ । गौरा पर्व आयोजना हुन गइरहेको देउडा प्रतियोगिता लाई कृष्णपुर नगरपालिकाका नगरप्रमुख हेमराज ओझाले आइतबार उद्घाटन गरेका छन् ।

यहीँ भाद्र ९ देखि १२ गते सम्म सांस्कृतिक देउडा कार्यक्रम सञ्चालन हुने आयोजक समिति जानकारी गराए । शिव दुर्गा मन्दिर मेलाको कृष्णपुर नगरपालिकाका नगर प्रमुख हेमराज ओझाले एक कार्यक्रमका बीच उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि ओझाले सुदुरपश्चिमको महान पर्वका रुपमा रहेको गौरा पर्व राष्ट्रकै शानको रुपमा रहेको बताउनु भयो । उहाँले गौरा पर्व र श्री कृष्ण जन्माष्टमीको उपलक्ष्यमा सम्पूर्ण नगरवासी र जनसमुदायमा शुभकामना समेत व्यक्त गर्नुभएको छ । नेपाल बहु भाषिक, बहु संस्कृतिक देश भएको र कृष्णपुर नगरपालिकामा पनि त्यही किसिमको बसोवास भएकोले कृष्णपुर नगरपालिकाले पनि सम्पूर्ण जातजातीका पर्वको लागि नगरपालिकाका बाट हुन सक्ने सहयोग गरिने बताउनु भयो । नगरप्रमुख ओझाले हरेक बर्ष गौरा पर्व महोत्सवको रुपमा मनाउने गरी तयारी गर्न समेत आग्रह गर्नुभयो ।

शिव दुर्गा मन्दिरमा गौरा पर्वको अध्यक्ष माेहनी सिंहकाे अध्यक्षतामा सम्पन्न कार्यक्रममा विशिष्ट अतिथीसमेत रहनुभएका कृष्णपुर नगरपालिका वडा नं. ९ का वडाध्यक्ष कैलाश बलायर वडा नं. ८ का वडाध्यक्ष दिनेश खड्का, वडा नम्बर १ का अध्यक्ष माेहन बहादुर बस्नेत, अतिथि निवर्तमान अध्यक्ष तथा सल्लाहकार समितिका अध्यक्ष रुद्रप्रसाद शर्माले समेत सबैलाई गौरा पर्वको शुभकामना व्यक्त गर्नु भएको थियोे । आयोजित कार्यक्रममा प्रमुख अतिथि विशिष्ट अतिथि समाजसेवी बुद्धिजीवी लगायत सहभागीहरुले डेउडा खेलेर उद्घाटन गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply