भदौ ११,धनगढी:
कञ्चनपुरबाट दुई लाख बढीको तस्करीको सामान बरामद गरिएको छ।
जिल्लाको भीमदत्त नगरपालिका–५ सुकासाल, भीमदत्त–९ मटेना र भीमदत्त–११ भन्सार कार्यालय नजिकबाट अवैंध रुपमा भारतबाट भन्सार छली ल्याएका अन्दाजी २ लाख १६ हजार ६ सय मुल्य बराबरको सामान बरामद गरिएको छ।
बरामद गरेको चिनी, खाने तेल, पेय पदार्थ, दाल, बेसन, सुर्ती, सरप, जिरा, खेलौना, साडी, फोटो फिरेम, फोटो पेपर, गुलाव जामुन, साईकलका सामान, हार्डवेयरका सामान नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1
