भदौ १२,धनगढी
कांग्रेस नेत्री एवं परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा गौरा पर्व मनाउन सुदूरपश्चिम प्रदेशको राजधानी धनगढी स्थित देउवा निवासमा पुगेकी छन । बुधबार बिहान साढे दस बजे बुद्द एयरमार्फत धनगढी पुगेकी परराष्ट्र मन्त्री देउवालाई प्रदेश सरकारका मुख्यमन्त्री, मन्त्री लगायत समर्थकले बिमानस्थलमा भब्य स्वागत गरेका थिए । उनको स्वागतका लागि पार्टिका नेता सहित तरुण दल, नेविसंघका नेता तथा कार्यकर्ता झण्डा सहित बिमानस्थल पुगेका थिए ।
उनी संगै सोही प्लेनमा पुर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड पनि पार्टीको बैठकका लागि धनगढी आएकाले सुरक्षा ब्यबस्था कडा पारिएको छ । बिमानस्थलमा स्वागत संगै नेतृ आर्जु धनगढी ४ स्थित आफ्नो निवास पुगेकी छन । निवासमा पनि नेतृ आर्जुलाई महिलाहरुले स्वागत गरेका थिए ।
घरमा उनले त्यहाँ स्थापना गरेको गौरादेवीको मन्दिरमा पुजा आरधना गरिन र त्यहाँ रहेका महिला नेतृ तथा स्थानिय महिला संग देउडा समेत खेलेकी छन् । सञ्चारकर्मीलाई संक्षिप्त प्रतिकृया दिँदै गौरा पर्वले समाजलाई एक सूत्रमा बाँधेको बताईन् । उनले गौरा पर्व समृद्धिको पर्वको रूपमा समेत रहेको बताइन् ।
