भन्सार छली ल्याइएका ४ लाख १० हजार बराबरको सामान टिकापुर प्रहरीद्वारा नियन्त्रणमा

गणेश क्षेत्री
भदौ १२,धनगढी
धनगढी : जानकि गाउँ पालिका वडान ४ झबहि बाट इलाका प्रहरी कार्यालय टीकापुर अपराध अनुसन्धान बाट खटियको टाेलिले ४ लाख १० हजार बराबरको भन्सार छलिको सामान बरामद गरेको छ

इलाका प्रहरी कार्यालय टीकापुर का इन्चार्ज प्रहरी नायब उपरीक्षक बिश्वराज अधिकारी ले भन्सार छलि गरेर भित्रीएको मोबाइल को चार्जर ,इएर फोन र माछा बरामद भएको र बरामद गरेको सामानहरु भन्सार बुझाइएको बताउनुभयो

त्यसैगरि अपराध अनुसन्धान कै टाेलिले ईन्डिया बाट अबैध रुपमा भित्रीएको २ कुन्टल बैखा जातका माछा टीकापुर नगरपालिका को १२ नम्बर बाट पक्राउ गरेर भन्सार बुझाएको छ ! उक्त माछाको भन्सार मुल्य ८० हजार रहेको बताइएको छ !

माछा , मोबाइल चार्जर र इएर फोन अपराध अनुसन्धान शाखा टीकापुर का प्रहरि सहायक हल्दार दिपेन्द्र रावल , मनोज धामि , जितेन्द्र बहादुर चन्द र धर्म साउँद ले पक्राउ गरेका थिए

भन्सार , औद्योगिक तथा सिमा सुरक्षा को जिम्मा पाएको सशस्त्र प्रहरी को मिलेमतो मा भित्रीएको भन्सार छलिको सामान नेपाल प्रहरी ले धमाधम पक्राउ गर्न थालेपछि तस्कर हरुको भागाभाग भएको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply