धनगढी,भदौ १६
कैलारी गाउँपालिकामा बहुउद्धेश्यीय विकास समाज(MPDS),डडेल्धुराले प्रकोप जोखिम न्यूनिकरणका लागि सुदूरपश्चिममा बाढी पहिरो प्रभावितलाई सहयोग परियोजना संचालन गर्ने भएको छ ।
बहुउद्देश्यीय बिकास समाज डडेल्धुराले पालिकामा परियोजना शुभारम्भ कार्यशाला गोष्ठीको आयोजना गरि उक्त कुराको जानकारी गराएको हो ।
कैलारी गाउँपालिकासंगको समन्वय र किया तथा कोडेडको सहयोगमा बहुउद्धेश्यीय विकास समाज,डडेल्धुराले पालिकामा प्रकोप जोखिम न्यूनिकरणका लागि सुदूरपश्चिममा बाढी पहिरो प्रभावितलाई सहयोग कार्यक्रम संचालन गर्न लागेको हो ।
स्थानीय स्तरका सरोकारवाला निकायहरुलाई परियोजना वारे जानकारी गराई परियोजनाका गतिविधीहरु प्रभावकारी रुपमा कार्यान्वयन गरि स्थानीय स्तरमा बिपद जोखिम न्यूनीकरणमा सहयोग पुगोस भन्ने उद्घेश्यले उक्त परियोजना संचालन गर्न लागिएको हो ।
गोष्ठीमा परियोजना मार्फत संचालन गरिने गतिविधीहरुको बारेमा परियोजना संयोजक शिबराज पाठक ले प्रस्तुतीकरण गर्नु भएको थियोे । उहाँले परियोजना मार्फत पालिकामा समुदाय स्तरमा पूर्व तयारीका लागि जनचेतना मुलक कार्यक्रम संचालन,बाढी प्रभावितहरुलाई राहत सामाग्री सहयोग,जोखिम नक्साकंन तथा सर्वेक्षण,बिपद सामाग्री सहयोग,पूर्व सूचना प्रणाली सम्बन्धि अभिमुखीकरण,टास्क फोर्स र समुदायका अगुवाका लागि आत्मरक्षा सम्बन्धि तालिम,वृक्षारोपण तथा वायोईन्जिनियरिङ कायहरु संचालन गरिने बताउनु भयो ।
गोष्ठीमा कैलारी गाउँपालिकाका उपाध्यक्ष भगवती कुमारी चौधरीले बहुउद्धेश्यीय विकास समाज,डडेल्धुराले बाढी तथा विपदमा गरेको कार्य प्रंशसिनय छ । यस नयाँ परियोजना मार्फत पनि विपद जोखिम न्यूनिकरणको क्षेत्रमा महत्त्वपूर्ण टेवा पुग्ने बताउनुभयो । उहाँले परियोजनालाई लक्षित समुदायमा प्रभावकारी कार्यान्वयनका लागि स्थानीय सरकारको तर्फबाट पूर्ण सहयोग रहने बताउनुभयो ।
कार्यक्रममा कैलारी गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत खगेन्द्र राज जोशी,वडा नं ३ का अध्यक्ष सन्तराम चौधरी, वडा नं ५ का अध्यक्ष बिष्णु चौधरी , वडा नं ७ का अध्यक्ष दिपेन्द्र बम, लगायतकाले मन्तब्य राखेको थिए ।
कार्यक्रम कैलारी गाउँपालिका वडा नं ४ का अध्यक्ष एंव विपद व्यवस्थापन समिती संयोजक ठागुराम चौधरीको अध्यक्षतामा सम्पन्न भएको थियो भने संचालन राजेन्द्र रैका ले गरेका थिए ।