कृष्णपुर नगरपालिकामा निःशुल्क आँखा शिविर सञ्चालन गर्दै नगर प्रमुख ओझा

हेमा भट्ट
भदौ १७ गते
कञ्चनपुर: कृष्णपुर नगरपालिकामा निःशुल्क आँखा परीक्षण गरिएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९ स्थित राजघाटमा गरिएको शिविरमा २ सय ६१ जना बिरामीले स्वास्थ्य जाँच गराएका छन् ।

कृष्णपुर नगरपालिकाको आयोजना तथा च्यारिट हेल्थ फाउन्डेसन नेपालको सहयोग र धनगढी नेत्रालयको प्राविधिक सहयोगले सञ्चालन गरेको शिविरमा बिरामीले निःशुल्क स्वास्थ्य उपचार गराएका हुन् । जसमध्ये २६१ जनामा मोतियाविन्दु लगायत अन्य समस्या देखापरेको छ, जस् मध्ये २२ जनालाई अप्रेसन गर्नुपर्ने च्यारिट हेल्थ फाउन्डेसन र धनगढी नेत्रालयका सहायक कर्मचारीले कृष्णपुर ९ का अध्यक्ष कैलाश बलायरलाई जानकारी गराए।

एकै पटक वार्डमा यति धेरैमा मोतिया विन्दु देखा पर्नाले भयावह स्थिति ल्याउन सक्ने उहाँको भनाइ छ । उहाँले भन्नुभयो, “आँखा परीक्षण शिविरमा आएका बालबालिका, युवा, बृद्धअबश्थाका मान्छेलाई मोतियाविन्दु देखा परेको छ । बढ्दो उमेर, आँखा स्वास्थ्यको बारेमा कम ज्ञान हुनु, उपचारको लागि आर्थिक अभाव, धुलो र धुवाँसँगै बिताउने जीवनशैली, बिरामीको अस्पतालसम्मको पहुँचमा कमी, वृद्धवृद्धाले उमेरसँगै स्वास्थ्यको ख्याल गर्न नसक्नु प्रमुख कारण हुन् ।”

मोतियाविन्दु रोगको उपचार शल्यक्रिया मात्र भएकाले ग्रामीण भेगमा आँखाको परीक्षण गर्न सर्वसाधारणले आनाकानी गर्दा मोतियाविन्दुका बिरामी बढेका छन् । अहिले भेटिएका मोतियाविन्दुका बिरामीलाई निःशुल्क शल्यक्रिया गरिने कृष्णपुर नगरपालिका नगर प्रमुख हेमराज ओझाले बताउनुभयो ।

कृष्णपुरमा रहेका आँखाका बिरामीलाई अन्यत्र उपचारका लागि जान नपरोस् भन्ने उद्देश्यका साथ कृष्णपुरका सम्पूर्ण वडामा निःशुल्क आँखाजाँच गरिएको कृष्णपुर नगरप्रमुख हेमराज ओझाले बताउनुभयो । कृष्णपुर नगरपालिकामा अन्य वडामा पनि निःशुल्क आँखा शिविर असाेज ७ गतेसम्म संचालन गरिने योजनासाथ अघि बढेको उहाँले बताउनुभयो ।
नगरप्रमुख ओझाले उद्घाटन कार्यक्रमका भने आफुलाई पाएक पर्ने स्थानमा गएर निशुल्क आँखा जाँच गराउनु स्थानीयलाई सुझाव दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply