धनगढी भदौ २२
कञ्चनपुरमा २ लाख ६१ हजार मुल्यको अबैध सामान बरामद गरिएको छ।
इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट खटिएको प्रहरी टोलीले एक लाख ३० हजार १५०, इलाका प्रहरी कार्यालय बेलौरीले ७० हजार ७५०, प्रहरी चौकी भुँडाले ६ हजार ९२०, प्रहरी चौकी टेडुवाले १८ हजार र अस्थायी प्रहरी पोस्ट आइबिआरडीले ३६ हजार एक सय गरि करिब २ लाख ६१ हजार ९२० मूल्यको अबैध सामान बरामद भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।
कस्मेटिक सामान, साइकलको ट्युप, गुट्खा, खैलौना, पेन्ट, किरानाका सामान, अण्डा, पेयपदार्थ, बिडी, गुड, सरफ र तीन थान साइकल बरामद गरेर भन्सार चलान गरिएको प्रहरीले जनाएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
+1
+1