टीकापुर ६ नारायणपुर मा गणेश उत्सब शुरु

गणेश क्षेत्री
धनगढी : टीकापुर नगरपालिका वडान ६ नारायणपुर चौराहामा हिन्दु धर्मावलम्बीको सबैभन्दा अघि पुजा गर्ने श्री गणेश भगवान को गणेशको मुर्ति को प्राण प्रतिस्ठा को साथै गणेश उत्सब कार्यक्रम २०८१ को भदौ २२ देखि २८ गतेसम्म हुने कार्यक्रम को उद्घाटन भएको छ
ओपेन्द्र खड्काको सभापतित्वमा भएको कार्यक्रममा टीकापुर नगरपालिका वडा न ६ का अध्यक्ष बलिराम चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।विशिष्ट अतिथिमा वडान ७ का अध्यक्ष यज्ञप्रसाद न्यौपाने ,वडा न ८ का अध्यक्ष दिर्घ बहादुर ठकुल्ला , साबिक नारायणपुर गाबिस का अध्यक्ष फकिर सिह कडायत रहनुभएको थियो
प्रमुख अतिथि बलिराम चौधरी ले धर्म र संस्कृति को जगेर्ना सबै मिलेर गर्नुपर्ने बताउनुभयो ! धर्मले सबैलाई एक आपसमा जोडने बताउदै आफ्नो वडा ले आगामी दिनहरुमा पनि गणेश उत्सब मा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो

आर्थिक संयोजक नृप कडायत को स्वागत मन्तव्य सङ्गै सुरु भएको कार्यक्रम मा नारायणपुर रेडक्रस उपशाखा का अध्यक्ष धनसरि कोईराला , त्रिभुवन माबि बटनपुर का प्रधानाध्यापक रबिन्द्र कठायत , पदम प्रकाशेस्वर महादेव मन्दिर सत्तिका अध्यक्ष बिदुर कायस्थ , सामुदायिक सहकारी सत्ति का अध्यक्ष पल बहादुर बस्नेत लगायतले शुभकामना मन्तव्य ब्यक्त गर्नुभएको थियो
त्यसैगरी आज भएको कार्यक्रम मा दिउँसो ३ बजे बाजागाजा सहित मुर्ति यात्रा , ४ बजे उद्घाटन , दिप प्रज्वलन तथा पुजा अर्चना, साँझ ८ बजेदेखि प्रबचन का साथै १० बजेसम्म नृत्य हुनेछ
भोलि २३ गते बिहान ६ बजेदेखि ८ बजेसम्म पुजा अर्चना आरति , साँझ ६ देखि ७ बजेसम्म पुजा अर्चना आरति , साँझ ७ देखि ८:३० सम्म भजन किर्तन ,राति ८:३० देखि १० बजेसम्म नृत्य हुनेछ
त्यसैगरी २४ गते बिहान ६ देखि ८ बजेसम्म पुजा अर्चना ,आरति साँझ ६ देखि ७ बजेसम्म पुजा अर्चना , आरति ७ बजेदेखि ८:३० सम्म भजन किर्तन र राति ८:३० देखि १० बजेसम्म नृत्य हुनेछ
२५ गते बिहान ६ बजेदेखि ८ बजेसम्म पुजा अर्चना आरति , साँझ ६ देखि ७ बजेसम्म पुजा अर्चना आरति ७ देखि ८:३० सम्म भजन किर्तन र राति ८:३० देखि १० बजेसम्म नृत्य हुनेछ
त्यसैगरी २६ गते बिहान ६ बजेदेखि ८ बजेसम्म पुजा अर्चना र आरति दिउँसो ४ देखि ६ बजेसम्म विद्ययालय स्तरिय नृत्य कार्यक्रम, साँझ ६ बजेदेखि पुजा अर्चना आरति , ७ बजेदेखि ८:३० बजेसम्म भजन किर्तन , राति ८:३० देखि १० बजेसम्म नृत्य हुनेछ
२७ गते बिहान ६ बजेदेखि ८ बजेसम्म पुजा अर्चना आरति , साँझ ६ देखि ७ बजेसम्म पुजा अर्चना ,आरति , ७ बजेदेखि ८:३० बजेसम्म भजन किर्तन र ८:३० देखि १० बजेसम्म नृत्य हुनेछ
त्यसैगरी २८ गते समापन को दिनमा बिहान ६ बजेदेखि ८ बजेसम्म पुजा अर्चना आरति , दिउँसो २ बजे समापन कार्यक्रम र दिउँसो ३ बजे बिसर्जन कार्यक्रम हुने सभापति ओपेन्द्र खड्काले बताएका छन्
साथै कार्यक्रम मा मादक पदार्थ , लागु पदार्थ सेवन गरेर होहल्ला नगर्न अनुरोध गरिएको छ र शान्ति भंग गरि होहल्ला गर्नेलाई कानुनि कार्बाहि गर्ने समेत आयोजक ले बताएका छन्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply