खोलाले मोटरसाइकल बगाउँदा दुई जनाको मृत्यु

खेम राज भट्ट भदौ २४
काठमाडौ : खोलाले मोटरसाइकल बगाउँदा दुईजनाको मृत्यु भएको छ । मुसिकोट नगरपालिका-६ र ७ को सिमाना पर्ने रमा खोलाले आइतबार राति रा६प २९६१ नम्बरको मोटरसाइकल बगाउँदा उनीहरुको मृत्यु भएको हो । साँख गाउँबाट कानेवाङ जाने क्रममा मोटरसाइकल बगाउँदा मुसिकोट-४ का ५० वर्षीय सर्जन पुन र मुसिकोट-६ का ३२ वर्षीया निर्मला केसी थापाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका सूचना अधिकारी एवं प्रहरी निरीक्षक बखतबहादुर शाहीले जानकारी दिए ।
घटनाबारे प्रहरीले आज (२४ भदौ) बिहान मात्र जानकारी मिलेको हो । महिलाको शव खोलाभन्दा तीन सय मिटर तल तथा पुरुषको शव २० मिटर तल मोटरसाइकले च्यापिएको अवस्थामा फेला परेको प्रहरीले जानकारी गराए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply