क्यानडा र ओमानविरूद्ध भिड्ने नेपाली टोलीमा दुई खेलाडीको पुनरागमन

धनगढी भदौ २५
आइसिसी विश्वकप लिग-२ अन्तर्गत क्यानडा र ओमानविरूद्धको त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा गरिएको छ।

टोलीमा तीव्र गतिका बलर रिजन ढकाल र विकेटकिपर ब्याटर अर्जुन साउदले पुनरागमन गरेका छन्।

क्यानडामा हुने एकदिवसीय सिरिज भदौ ३१ देखि सुरू हुनेछ। त्यसका लागि नेपाली टोली भोलि जादैछ। असोज १० गते एकदिवसीय सिरिज सकिएपछि असोज १२ बाट टी-२० सिरिज सुरु हुनेछ।

दुवै सिरिज नेपालले चार-चार खेल गरी कुल ८ खेल खेल्नेछ।

नेपालले क्यानडामा लिग-२ को दोस्रो सिरिज खेल्न लागेको हो। यसअघि नेपालले घरेलु मैदानमा पहिलो सिरिज खेलेको थियो।

नेदरल्यान्ड्स र नामिबियाविरुद्धको सो सिरिजमा नेपालले एक खेल मात्र जित्दा तीन खेलमा पराजय भोगेको थियो।

क्यानडामा खेलेपछि नेपाली टोलीले अमेरिकामा अर्को सिरिज खेल्नेछ। अक्टोबरमा हुने सिरिजमा अमेरिका, नेपाल र स्कटल्यान्ड भिड्नेछन्।

विश्वकप लिग-२ को एकदिवसीय सिरिज

नेपाल भर्सेस क्यानडा – भदौ ३१- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज २ गते- नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज ६ गते – नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज ८ गते – नेपाली समयअनुसार बेलुका ७:४५ बजे- ओन्टेरियो

टी-२० सिरिज खेल तालिका

नेपाल भर्सेस क्यानडा – असोज १२ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज १३ गते – नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस क्यानडा – असोज १५ गते- नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

नेपाल भर्सेस ओमान – असोज १६ गते – नेपाली समयअनुसार बेलुका ९:४५ बजे- ओन्टेरियो

टिम नेपाल
रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, अनिल साह, भीम सार्की, आरिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, अर्जुन साउद, सोमपाल कामी, करण केसी, गुल्सन झा, रिजन ढकाल, सन्दीप लामिछाने, ललित राजवंशी, देव खनाल (ट्राभलिङ रिजर्भ)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply