सिता सामुदायिक वनको सातौं बार्षिक साधारणसभा सम्पन्न

हेमा भट्ट भदौ २८
कञ्चनपुर:- सिता सामुदायिक वन उपभोक्ता समुहको सातौं बार्षिक साधारणसभा शिव दुर्गा मन्दिरकाे सभा हलमा शुक्रबार सम्पन्न भएको छ । कृष्णपुर नगरपालिका वडा नम्बर ९;घाेडाघाट शिव दुर्गा मन्दिर समुहकाे सभा हलमा सीता सामुदायिक वनको सातौं बार्षिक साधारणसभा विभिन्न नाचगान देउडा सहित भब्य र सभ्यताका साथ सम्पन्न भएको हो । सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीको सभाध्यक्षमा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशनालयका प्रमुख हेमराज बिष्ट प्रमुख अतिथि रहनुभएको थियो । साधारणसभामा सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरीले आर्थिक बर्ष २०८० श्रावण १ गतेदेखि २०८१ असार ३१ गतेसम्म को कुल ३२ लाख ८९ हजार ९७९ रूपैया बराबरको आयव्यय प्रस्तुत गरेका थिए ।

कार्यक्रममा सुदूरपश्चिम प्रदेश क्षेत्रीय वन निर्देशनालयका प्रमुख अतिथि विष्टले सिता सामुदायिक वन दक्ष वनका रूपमा परिचित हुँदै आएको टिप्पणी गर्नुभयो । वनको माध्यमबाट सामुदायिक वनका जनताहरूले प्रसस्त लाभ लिंदै आएको बताउदै सीता सामुदायिक वनको संरक्षणका लागि सञ्चालक समिति को मात्रै जिम्मेवारी नभई सबैको महत्त्वपूर्ण जिम्मेवार रहने बिष्टले बताए । वनको उत्तरोत्तर प्रगतिको कामना गर्दै मानव जिवनमा जल जमिन र जंगल नभई नहुने जानकारी गराए ।सम्पूर्ण सामुदायिक


वन विकासका लागि वन निर्देशनालय बाट गरिनुपर्ने नितिगत बिषयमा आफुले पहल गर्ने उनले बताए ।

कार्यक्रमका विशिष्ट अतिथि केही समय यता वन क्षेत्र को संरक्षणमा उल्लेखनीय सुधार भएको पिपरिया सव डिभिजन बन अधिकृत नवीन सिंहले जोड दिनुभयो , विगतमा वन संरक्षणका लागि पिपरिया सब डिभिजन बन कार्यालय बाट वन सुरक्षाकर्मि पठाउनु परेको अवस्था थियो तर आजभोलि सामुदायिक वन रक्षक र समितिले नै वनमा सुरक्षा दिंदै आएको सिंहले टिप्पणी गर्नुभयो ।

सो अवसरमा कार्यक्रमका विशिष्ट अतिथि कृष्णपुर नगरपालिका ९ का वडा अध्यक्ष कैलाश बलायरले शुभकामना मन्तव्य राख्दै सामुदायिक वन स्थानीय समुदायको साझा प्रयासले अहिलेसम्म जोगाउन सफल भएको बताए । बनको प्रयासमा स्थानीय उपभोक्ता लाई प्रत्येक्ष लाभ मिल्नुको साथै विभिन्न सामाजिक बिषयका कार्यक्रम हरू सम्पादन गर्दै आएको उनले बताए । कार्यक्रममा बोल्ने अधिकांस वक्ताहरूले सीता सामुदायिक वन संरक्षण तथा विकासका बिषयमा भनाईहरू व्यक्त गरेका थिए ।

सीता सामुदायिक वनको २१९ .८ हेक्टर वन क्षेत्र संरक्षण गरिदै आएको वनका अध्यक्ष पुनाराम चौधरीले आफ्नो प्रतिवेदनमा प्रस्तुत गरेका थिए । संस्थाले आगामि बर्ष ०८१/०८२ का लागि वन उपभोक्तालाई प्रत्येक्ष लाभ हुने प्रकारका जनचेतनामूलक तथा रचनात्मक कार्यक्रम हरू गर्ने जनाएको छ । संस्था का अध्यक्ष पुनाराम चौधरीले दिएको जानकारी अनुसार आगामी बर्ष वन संरक्षण का लागि अग्नि नियन्त्रण सम्बन्धि बिबिध कार्यक्रम गर्ने वन क्षेत्र को तारबार बृक्षारोपण , पर्यटन, गरिब, विपन्न, महिला तथा बालबालिका उत्थानका लागि जिविकोपार्जनका कार्यक्रम हरू सञ्चालन गर्ने उल्लेख गरेका छन । त्यो संगै डढेलाे नियन्त्रण , क्यान्सर पिडित मिर्गौला पिडित लगायत विभिन्न राेग पिडितलाई सहयोग गरिएको जानकारी गराए। साथै वन संरक्षण जस्ता कार्यक्रम हरू समेत सुरु गरिने वन अध्यक्ष चौधरीले बताए ।

कार्यक्रममा विशिष्ट अतिथि पुर्व वडा अध्यक्ष छत्र बहादुर महरा सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरी अतिथि जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना विरेन्द्र सामुदायिक वनका अध्यक्ष राम दास राना गौरा देवी सामुदायिक वनका अध्यक्ष सुरेश बलायर वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी महाकाली सामुदायिक वनका अध्यक्ष वीर बहादुर राजवंशी,नमुना सामुदायिक वनका अध्यक्ष रामदास चौधरी पन्चाधीन माविका प्र. अ. गणेश प्रसाद भट्ट पन्चाघिन माविका व्यवस्थापन अध्यक्ष भाेज बहादुर विक समाजसेवी बुद्धिजीवी जग्गा दान दाता महिला दिदीबहिनी कलाकार लगायतका्े बाक्लो उपस्थिति रहेकोे थियोे । सीता सामुदायिक वनलाई मजबुत सामुदायिक वन बनाउन याेगदान पुर्‍याउनु हुने १२ जना पुर्व सामुदायिक वनका अध्यक्षहरुलाई सामुदायिक वनको तर्फबाट प्रमुख अतिथिले दाेसल्ला ओढाएर सम्मान गरिएको थियोे । सीता सामुदायिक वन उपभोक्ता समुह भित्र का उपभोक्ता हरुका पाँच जना खेलाडीलाई प्रस्थान सहित नगद रु २००० रुपैया विशेष सम्मान स्वरूप दिइएको थियो । वनका अध्यक्ष पुनाराम चौधरीले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताए । उनले वन पैदवार काठ तथा जंगलमा खेर गइरहेका दाउराको सदुपयोग गरी उपभोक्तालाई सहज रूपले आवश्यकताअनुसार वितरण गरिने जानकारी गराए ।

सामुदायिक वन की उपाध्यक्ष सुमन भुलको स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन समाजसेवी लालबहादुर चौधरीले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply