सिंहपुर सामुदायिक वन समुहको १३ औं वार्षिक साधारण सभा सम्पन्न

हेमा भट्ट
भदौ २९ शनिवार
कञ्चनपुर – कृष्णपुर नगरपालिका – ६ स्थित सिंहपुर सामुदायिक वन उपभोक्ता समुहको १३ औं वार्षिक साधारण सभा शनिबार विशेष कार्यक्रमका साथ सम्पन्न भएको छ । सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरीको अध्यक्षतामा सम्पन्न सभामा प्रमूख अतिथि सुदूरपश्चिम प्रदेश वन निर्देशनालय प्रमुख हेम राज बिष्टले पानसमा दियाे बालेर उद्घाटन गरेका थिए। प्रमुख अतिथि बिष्टले शुभकामना मन्तव्य राख्दै सामुदायिक वनले उद्यमशिलतातर्फ जोड दिदै संमृद्धिका लागि वन आजको आवश्यकता भएको बताउनु भयो । उहाँले सम्पूर्ण गरिवी निवारण र सामाजिक बिकास निर्माणका कार्यहरु गर्दा सबै संग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न आग्रह गर्नुभयो ।

उद्घाटन कार्यक्रममा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष बाबुराम चौधरी, सब डिभिजन वन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह, पुर्व वडा अध्यक्ष नथुराम चौधरी, महाकाली माबिका पुर्व प्र.अ. भान बहादुर महरा,अतिथि कृष्णपर नगरपालिका वडा नम्बर ५ का सदस्य ब्रम्ह देव राना,सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी, महाकाली सामुदायिक वनका अध्यक्ष वीर बहादुर राजवंशी, उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना, प्रगति सामुदायिक वनका अध्यक्ष छाेटेलाल चौधरी,जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट विरेन्द्र सामुदायिक वनका अध्यक्ष राम प्रशाद राना,

वनदेवी सामुदायिक वन वडा नम्बर ५ काअध्यक्ष रामचन्द्र भट्ट , सीता सामुदायिक वनका काेषाअध्यक्ष जितबहादुर बाेहरा, एकता सामुदायिक वनका कार्यालय सचिव शेर बहादुर राेकाय, समाजसेवी, बुद्धिजीवी, विभिन्न संघ संस्थाका प्रतिनिधि पत्रकार लगायतकाे बाक्लो उपस्थिति रहेकोे थियोे । सामुदायिक वनको साधारणसभामा विभिन्न नाचगान देउडा सहित प्रस्तुत गरिएको थियोे ।

कार्यक्रममा विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ६ का अध्यक्ष बाबुराम चौधरी, सब डिभिजन कार्यालय पिपरियाका प्रमुख नवीन सिंहलगायतले बोलेका थिए ।

कार्यक्रममा सम्पूर्ण सामुदायिक वनहरुको तर्फबाट सीता सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष तथा पिपरिया सब डिभिजन बन अन्तरगत सामुदायिक वनका उपाध्यक्ष पुनाराम चौधरीले सामुदायिक वनको व्यवस्थापन गर्न आम उपभोक्ताहरु सक्रिय रुपमा लाग्न आवश्यक भएको जानकारी गराए । उहाँले वनलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने बिषयमा आम उपभोक्ताहरुको महत्वपूर्ण भूमिका रहने बताउनु भयो ।

सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरीले वन र वनक्षेत्रमा रहेको प्राकृतिक स्रोत साधनको संरक्षण, विकास र दिगो व्यवस्थापन गर्दै अगाडि बढिएको बताए । उनले वन पैदवार काठ तथा जंगलमा खेर गइरहेका दाउराको सदुपयोग गरी उपभोक्ताला वितरण गरिएको बताए । वन संरक्षणको लागि हरेक वर्ष वृक्षरोपणालाई वनले प्राथामिकतामा राखेको बताए ।

कार्यक्रमका समितिकी सचिव शारदा रानाले निती तथा कार्यक्रम र आर्थिक बर्ष ०८१/०८२को लागि अनुमानित बजेट प्रस्तुत गर्नु भएको थियो । यसैगरी ०८०/०८१ को आयव्यय प्रस्तुत कोषाध्यक्ष दानबहादुर रानाले गर्नु भएको थियो भने बार्षिक प्रगति प्रतिवेदन सचिव रानाले प्रस्तुत गर्नु भएको थियो । सामुदायिक वनका उपाध्यक्ष जयराज भण्डारीले स्वागत मन्तव्य बाट सुरु भएको कार्यक्रम को सञ्चालन लाेक बहादुर महराले गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply