लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीका पाँच परिवार विस्थापित

धनगढी भदौ २९
लगातारको बर्षाका कारण खसेको पहिरोले बैतडीका पाँच परिवार विस्थापित भएका छन्। जिल्लाको दशरथचन्द नगरपालिका–११ नागार्जुन पड्याबाज भन्ने स्थानमा पाँच घर पहिरोको उच्च जोखिममा परेका हुन् ।

उच्च जोखिममा परेका घरका पाँच परिवार विस्थापित भएका बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिनुभयाे।

घरको आँगन पहिरोले लगेपछि स्थानीय खिमानन्द पन्त, गुमानी पन्त, केशवदत्त पन्त, रगीदत्त पन्त र गोपालदत्त पन्तको घर पहिरोको उच्च जोखिममा परेका हुन्। उहाँले भन्नुभयाे,”अहिले पाँचै जनाको परिवार आफन्तको घरमा बसीरहेका छन् ।

पहिरोले घर भत्कनसक्ने सम्भावना रहेकाले उनीहरु आफन्तको घरमा स्थानान्तरण गरिएको हाे।” यस्तै बुधबार रातिदेखि अविरल बर्षाका कारण खसेको पहिरोले सुर्नया गाउँपालिका वडा नं ६ धुलिधारका अम्बादत्त पन्तको घर जोखिममा परेको छ ।

घरको आँगनबाट खसेको पहिरोले बारीमा लगाएको बन्दा नष्ट गरेको छ भने पानीको धारामा समेत क्षति पुगेको छ ।

पाटनमा सञ्चालनमा रहेको महिला सुरक्षित आवास गृहको भवन पहिरोको जोखिममा परेको छ । भवनको माथिबाट खसेको पहिरोले झ्यालको सिसा फुटाउनुका साथै कोठाभित्र पानी पसेको प्रहरीले जनाएको छ।

जिल्लाकाे मेलौली नगरपालिका ६ हतरंगामा पनि पहिराेका कारण दुई घर जोखिममा परेका छन् । घरमाथिबाट खसेको पहिरोले स्थानीय जयदत्त भट्ट र धर्मानन्द भट्टको घर जोखिममा परेको प्रहरीले जनाएको छ । लगातारको वर्षाले यहाँको जनजीवन समेत प्रभावित भएकाे छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply