विरेन्द्र सामुदायिक वनको छैठौं साधारणसभा सम्पन्न

हेमा भट्ट भदौ ३०
कञ्चनपुर – कृष्णपुर नगरपालिका – ८ बिचवामा मा रहेको विरेन्द्र सामुदायिक वनको छैठौं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।

सामुदायिक वनकी कार्यवाहक अध्यक्ष धर्मा देवी भाटकाे अध्यक्षतामा सम्पन्न सभामा प्रमूख अतिथि जिल्ला कञ्चनपुर समन्वय समितिका सदस्य जय सिंह बिष्टले शुभकामना मन्तव्य राख्दै सामुदायिक वनले उद्यमशिलतातर्फ जोड दिनुपर्ने बताए। सामुदायिक वनलाई उद्यम मार्फत उपभोक्ताको आर्थिक जिबनस्तर माथी उठाउन समूह लाग्नुपर्ने र स्वास्थ्यलाई स्वच्छ अक्सिजनको आवश्यकता भएको हुँदा बोट बिरुवा हुर्काउन सके स्वच्छ अक्सिजन प्राप्त गर्न सकिने बताउनु भयो ।

कार्यक्रमका विशिष्ट अतिथि कृष्णपुर नगरपालिका वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्का, सब डिभिजन वन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह,सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरी अतिथि सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी, सिंहपुर सामुदायिक वनका अध्यक्ष जाेगराज चौधरी वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी लागायतले शुभकामना मन्तव्य राखेका थिए।

आर्थिक बर्ष २०८०। ८१ को आय व्यय प्रतिबेदन र आर्थिक वर्ष २०८१ ।०८२ को लागि अनुमानित आय व्यय तथा कार्य नीतिका कार्यक्रमहरु समूहका अध्यक्ष राम प्रसाद रानाले प्रस्तुत गर्नु भएको थियो ।

त्यस्तै उक्त कार्यक्रममा विशिष्ट अतिथि, अतिथिलाई मायाको चिनाे प्रदान गरेका थिए । जेष्ठ नागरिक उपभोक्ता समुहका उत्कृष्ट कलाकार टाेलीलाई टोली सम्मानित गरिएको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि कृष्णपुर नगरपालिकाका वडा नम्बर ८ का अध्यक्ष दिनेश खड्का, सब डिभिजन कार्यालय पिपरियाका प्रमुख नवीन सिंह,सिंहपुर सामुदायिक वनका अध्यक्ष सिएफ सिसिका सदस्य जाेगराज चौधरी, अतिथि सीता सामुदायिक वनका अध्यक्ष पुनाराम चौधरी,वनदेवी सामुदायिक वनका अध्यक्ष निरज भण्डारी, जनकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्ट,उग्रतारा सामुदायिक वनका अध्यक्ष मदन राना, प्रगतिशील सामुदायिक वनका अध्यक्ष छाेटेलाल चौधरी, वनदेवी सामुदायिक वनका अध्यक्ष रामचन्द्र भट्ट,ईलाका प्रहरी कार्यालय रैकवार बिचवाका प्र. नानी प्रेम बहादुर साउद, शिक्षक, संघ संस्थाका कर्मचारी पत्रकार, समाजिक, बौद्धिक व्यक्तित्वहरु लगायत काे उपस्थिती रहेको थियो।

कार्यक्रमका विशिष्ट अतिथी कृष्णपुर नगरपालिका- ८ का अध्यक्ष खड्काले संमृद्धिका लागि वन आजको आवश्यकता भएको बताउनु भयो । समुहले वन संरक्षण र उपभोक्ताको आयआर्जनमा टेवा पुर्याउने कार्यमा उल्लेखनीय

कार्य गरेको भन्दै समुहलाई आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।उहाँले बिकास निर्माणका कार्यहरु गर्दा स्थानिय सरकार संग समन्वय र सहकार्य गरेर कार्यक्रमहरु संचालन गर्न समेत आग्रह गर्नुभयो ।

वन उपभोक्ता समूहका अध्यक्ष राम प्रसाद रानाले स्वागत मन्तव्य राखेको कार्यक्रम जानकी सामुदायिक वनका अध्यक्ष चन्द्र प्रकाश भट्टले सञ्चालन गरेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply