बेलौरी नगरपालिका -२ का एक जना युवक हराए

गाेकुलपुर बजार नजिकै अन्दाजी ४१ वर्षीय प्रेम चौधरी अपांग एक हात नभएको भारतको शिमला हिमाचल प्रदेश चटगाँउ बाट महेन्द्रनगर हुदै घर फर्किने क्रममा हराएका हुन् । बेलौरी नगरपालिका २ गाेकुलपुर बाट भारतको हिमाचल प्रदेश चटगाँउ गएका चौधरी चटगाँउबाट मिति २०८१ भदौ १३ गते नेपाल फर्किने क्रममा हराएको हुदा आज १८ दिन पुगेको उहाँकै श्रीमती गिता चौधरीले बताएकी छन् । साथै हाल सम्म पनि फेला नपरेको भन्दै सबैले खोजी गरिदिन र खोजी कार्यमा सहयोग गरिदिन हुन् गिता चौधरीले अनुरोध समेत गरेका छन् । मिति २०८१ साउन १ गते कामको सिलसिलामा हिमाचल प्रदेशमा स्याउ टिप्न भनेर हिडेका थिए । हिमाचल प्रदेश चटगाँउ रेशु चौहानकाे घरमा काम गररिहेका थिए । रेशु चौहान का्े सम्पर्क नम्बर 9805435671 – हराएकाे व्यक्ति प्रेम चौधरीकाे 8091396410 अहिलेसम्म सम्पर्क बिहिन छन् । बेपत्ता प्रेम चौधरीको श्रीमती गिता चौधरीकाे सम्पर्क नम्बर 9704743171 घर बेलौरी माइतीघर बर्दिया ठाकुरद्वार यदि कहीँ कसैले देखेमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply