प्लाष्टिकजन्य सामानहरु नगर प्रहरीकाे नियन्त्रणमा

धनगढी असोज २
कैलाली- गोदावरी नगरपालिकाले अत्तरिया बजार अनुगमनमा थप कडाई गरेको छ । नगरपालिकाले बुधबार अनुगमनमा निरन्तरता दिएसँगै अत्तरिया बजार क्षेत्रका विभिन्न पसलहरुबाट प्रतिबन्धित प्लास्टिकका झोलाहरुको जफत गरेको छ । अनुगमनका क्रममा ८२.३९५ किलो प्लाष्टिक झोला जफत गरेको छ । अत्तरिया बसपार्क, पहाड लाईन, लोटस गल्ली र सब्बीमण्डी लगायतका २४ पसलबाट प्लाष्टिक झोला जफत गरिएको नगरपालिकाले जनाएको छ ।

गोदावरी नगरपालिकाका नगर प्रहरीहरु, मालाखेती ईप्रकाका प्रहरीहरु र नगरपालिका प्रतिनिधिको सहयोगमा अत्तरिया बजारका ठेला ब्यावसायी, तरकारी पसल, किराना पसल लगायत पसलबाट प्लाष्टिकजन्य सामानहरु नगर प्रहरीले नियन्त्रणमा लिएको हो ।

गोदावरी नगरपालिकाले नगरपालिका भित्र प्लाष्टिकजन्य बस्तु पूर्ण प्रतिवन्धका लागि बिभिन्न संचार माध्यमबाट प्रचार प्रसार , सुचना, बजारमा माईकिङ पश्चात बजार अनुगमन सुरु गरेको थियो भने आज देखि अत्तरिया बजार क्षेत्र बाट पाष्टिक जन्य बस्तु जफत गरेको जानकारी गोदावरी नगरपालिकाका फोहोर ब्यावस्थापन ईन्चार्ज प्रमल महराले बताएका छन । प्लाष्टिक झोलाहरु निषेधित गर्न निरन्तर अनुगमन गरिएको र आज गरिएको अनुगमन अत्तरिया बजारका विभिन्न पसलहरुबाट प्लास्टिक झोला जफत मात्रै गरिएको साथै आगामी दिनमा फेरि फेला परे जरिवाना समेत तिराउने समेत महराले बताएका छन ।

सुदूरपश्चिम प्रदेशको प्रमुख व्यापारिक केन्द्र सँगै प्रदेश राजधानीको शहरले चिनिएको अत्तरिया बजारमा नगरपालिकाद्वारा प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध सँगै अब्यबस्थित रुपमा संचालित ब्यावसाय दर्ताका लागि निरन्तर अनुगमन गर्दै गरेको छ ।

प्लाष्टिकको प्रयोगमा प्रतिबन्ध सँगै पसल बाहिर प्लाष्टिक तथा कपडा टाागेर सामान राखिंदा नगरको सौदर्यता समेत बिग्रिने भन्दै नगरपालिकाले त्यस्ता सामाग्री हटाउन थालेको जनाएको छ ।

अनुगमनकै क्रममा गोदावरी नगरपालिका वडा न. २ का वडा सदस्य डबल साउदका अनुसार व्यवसायिहरुलाई पटक पटक पालिकाले प्लाष्टिक जन्य पदार्थ प्रतिबन्ध छ प्रयोग नगर्नु सुझाव दिदा पनि अटेर गरेकोले आज देखि प्लाष्टिक झोला जफत गरेको बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply