असार ३ गते बिभिन्न कार्यक्रम गरी सुदूरपश्चिममा पनि संविधान दिवस मनाइँयो

धनगढी असोज ४
असार ३ गते बिभिन्न कार्यक्रम गरी सुदूरपश्चिममा पनि संविधान दिवस मनाइएको छ । दिवसको अवसरमा प्रदेश स्तरिय जिल्ला स्तरीय, पालिका स्तरिय र बिभिन्न संघ संस्थाहरले आ आफ्नो हिसावले कार्यक्रम गरेका छन ।

संविधान दिवसको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले धनगढीमा भब्य समारोहको आयोजना गरेको छ । समारोहको प्रदेश प्रमुख नजीर मिँयाले झण्डोत्तलन गरेर उद्घाटन गरेका थिए । झण्डोत्तोलन पूर्व प्रदेश प्रमुख मियालाई नेपाली सेनाको एक टुकडीले सलामी अर्पण गरेको थियो ।

संविधान दिवसको अवसरमा ‘अत्तरिया जेसीज २०२४’ ले अत्तरिया चोकमा दीप प्रज्वलन गरेको छ । ९ औं संविधानको दिवसको अवसरमा जेसीजले चोकको चारैतिर र सडकमा नेपालको नक्सामा दीप प्रज्वलन गरेको हो ।

दीप प्रज्वलन कार्यक्रममा जेसीजका पदाधिकारी सँगै अत्तरिया क्षेत्रमा बिभिन्न संघसस्थाबाट प्रतिनिधित्व गर्ने व्यक्तिहरुको सहभागिता रहेको थियो ।

यसैबिच संविधान दिवसको अवसरमा बाजुरामा पनि प्रभातफेरी, बिरामीहरुलाई फलफूल वितरण लगायतका कार्यक्रम गरिएको छ । जिल्ला समन्वय समिति बाजुराको आयोजनामा विभिन्न कार्यक्रम गरी संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको हो ।

बैतडीमा पनि विभिन्न कार्यक्रमको आयोजना गरेर संविधान दिवस तथा राष्ट्रिय दिवस मनाइएको छ । संविधान दिवस जिल्ला मूल समारोह समितिको आयोजनामा बिहिबार जिल्ला सदरमुकाममा प्रभातफेरीका साथै कोण सभाको आयोजना गरिएको थियो । संविधान दिवसको अवसरमा छलिया नाच प्रस्तुत गरिएको संविधान दिवस जिल्ला मूल समारोह समितिका संयोजक एवं जिल्ला समन्वय समितिका प्रमुख खगेन्द्रसिंह धामीले बताए ।

संविधान दिवसको अवसरमा घोडाघोडामा पनि दीप प्रज्वलन गरेको छ । ऐतिहासिक दिनको उपलक्ष्यमा घोडाघोडी नगरपालिकाको आयोजनामा सुखड बजारमा पनि दीप प्रज्वलन गरी संविधान दिवस मनाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply