कञ्चनपुरमा एकै दिन ११ लाख बढीका भन्सार छलीका सामान बरामद

धनगढी असोज ५
कञ्चनपुरका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले एकै दिन ११ लाख बढीका भन्सार छलीका सामान बरामद गरेको छ । शुक्रवार कञ्चनपुरका विभिन्न ठाउँबाट सशस्त्र प्रहरीले भारतीय मोटरसाइकल सहित हार्डवेयर, कपडा, जुत्ता चप्पल, लगायत भन्सार छली गरेर नेपाल भित्र्याइका सामान बरामद गरेको हो ।

कञ्चनपुरका सशस्त्र प्रहरी प्रमुख एसपी खगेन्द्र चन्दका अनुसार भन्सार छली ल्याइएका ११ लाख बराबरका सामान, पुर्नवास र बेलौरीबाट ६४ हजार बराबरका डिउ (पेय पदार्थ) बरामद गरिएको छ ।
बरामद गरिएको डिउ नष्ट गरिएको छ भने ११ लाख बराबरको सामान भन्सार चलान गरिएको सशस्त्र प्रहरी प्रमुख चन्दले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply