टीकापुर ७ सत्तिमा बृहत् साँस्कृतिक कार्यक्रम को उद्घाटन

गणेश क्षेत्री २२ असाेजल
धनगढी – टीकापुर नगरपालिका वडान ७ सत्ति बजारमा हिन्दुहरुको महानपर्ब बिजया दशमिको उपलक्षमा आयोजित बृहत साँस्कृतिल कार्यक्रम २०८१ को पहिलोदिन भब्यताका साथ उद्घाटन भएको छ ।
कार्यक्रममा प्रमुख अतिथि यज्ञप्रसाद न्यौपाने ले बिदेशी धर्मले सनातन धर्मप्रति नकारात्मकता भर्न लागेको समयमा यो कार्यक्रमले हिन्दु धर्मावलम्बी र अन्य समुदाय मा सद्भाव बढाउने कार्य हुने बताउनुभयो
सामुदायिक सहकारिका अध्यक्ष पल बहादुर बस्नेत ले दशै को अवसरमा आयोजना गरिएको साँस्कृतिक कार्यक्रम ले मनोरंजन दिनुका साथै बजार ब्यवसायमा समेत टेवा पुग्ने बताउनुभयो ।


पत्रकार गणेश क्षेत्री ले दशैमा अत्यधिक तडकभडक देखावटी , मादक पदार्थ सेवन गरेर होहल्ला नगरेर शान्तिपूर्ण तरिकाले मनाउनुपर्ने बताउनुभयो
आकर्षण को केन्द्र बिन्दु रहेका देवर भाउजुले आकर्षक डान्स प्रस्तुत गरेर दर्शक को मन जित्न सफल भएका थिए भने दर्शक को वन्स मोर वन्स मोर को अनुरोध लाइ स्विकार गरेर अर्को डान्स प्रस्तुत गरेर दर्शक को भावनालाई क्दर गरेका थिए
आज पहिलोदिनमा स्थानीय कलाकार ले आकर्षक डान्स प्रस्तुत गरेर दर्सक को मन जित्न सफलभएका थिए ! आजको प्रस्तुतिमा सनसाइन डान्स एन्ड फिटनेस स्टुडियाे , श्री क्रियटिभ बाल क्लब , द किङ हुक डान्स एन्ड जुम्बा से्न्टर , पदमपुर युवा क्लब , द क्राउन डान्स एन्ड जुम्बा सेन्टर , लोटश डान्स एकेडेमी र ५ बर्षकि आरिका रावल लगायत ले बेजोड प्रस्तुति गरेर दर्शक मन जितेका थिए
भोलि २३ गते १२ बजेदेखि शुरु हुने कार्यक्रममा आकर्षक को केन्द्र बिन्दु रहेका चर्चित मुकुन्द जिसि ,डान्सर सुमित्रा चौधरी , गायक बिजय चौधरी र साथै स्थानीय कलाकार हरुको बेजोड प्रस्तुति रहने कार्यक्रम संयोजक शशि श्रेष्ठले बताउनुभयो
कार्यक्रम को उदेश्य स्थानीय कला र संस्कृतिको जगेर्ना , आपसि सद्भाव कायम गर्ने स्थानीय बजारको प्रबर्द्धन गर्ने उदेश्य लिएकोमा कार्यक्रम को माध्यम बाट उदेश्य सफल भएको ब्यापारी किसन हमाल ले बताउनुभयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply