मेसीको ह्याट्रिकमा अर्जेन्टिनाको सानदार जित, बोलिभिया ६-० ले पराजित

३० असोज धनगढी
लिओनल मेसीले ह्याट्रिक गरेपछि सन् २०२६ को विश्वकप अन्तर्गत दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले बोलिभियालाई ६-० को फराकिलो अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा मेसीले खेलको १९औं मिनेटमा गोल गर्दै अग्रता दिलाएका थिए । पहिलो हाफमा एक गोल गरेका मेसीले ८४औं र ८६औं मिनेटमा गोल गर्दै ह्याट्रिक पूरा गरेका थिए ।

अर्जेन्टिनाका लागि लाउटारो मार्टिनेजले ४३औं, जुलियन अल्भारेजले पहिलो हाफको इन्जुरी टाइममा गोल गरे । दुवै गोलका लागि मेसीले असिस्ट गरेका थिए । यस्तै थियागो अल्माडाले ६९औं मिनेटमा गोल गरेका थिए । छनोटमा सातौं जित हात पारेको अर्जेन्टिनाले १० खेलबाट २२ अंक जोडेर शीर्ष स्थानमा छ । बोलिभिया १० खेलबाट १२ अंकसहित सातौं स्थानमा छ ।

दक्षिण अमेरिकी छनोटकै अन्य खेलमा ब्राजिलले पेरुलाई तथा कोलम्बियाले चिलीलाई समान ४-० अन्तरले पराजित गरेको छ । यस्तै पाराग्वेले भेनजुएलालाई २-१ ले पराजित गर्दा उरुग्वे र इक्वेडरले गोलरहित बराबरी खेल्दै अंक बाँडेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply