रिलिशा थारू
शनिबार, कार्तिक १०, २०८१
बाँके : राप्ती साेनारी गाउँपालिका वडा नम्बर – ५ स्थित रहेकाे श्री नव ज्याेती इङलिस मिडयम स्कुलको आठौं वार्षिक साधारणसभा सु-सम्पन्न भएको छ। वार्षिक साधारणसभा कार्यक्रमको उद्घाटनमा प्रमुख अतिथिमा विद्यालय वाेर्ड समिति सदस्य रेग बहादुर खड्काले दीप प्रज्वलन गरेर कार्यक्रमको सुरुवात भएको थियाे।उहाँले भने अहिलेसम्म नेपालको शिक्षा प्रणाली हेर्ने हो भने निजी बिधालयको धेरै योगदान रहेको बताए ।
हामी निजी बिधालयहरुले गुणस्तरीय शिक्षा संगै अतिरिक्त क्रियाकलापमा समेत उतिकै महत्त्वपूर्ण भुमिका खेल्न सफल भएको बताएका छन् । निजी बिधालयले अभिभावकको भावनालाई आफुहरुले राम्रो बुझेको र सोही अनुसार उहाँहरूको नानी बाबुहरुलाई हेरचाह गर्ने काम समेत हुदै आइरहेको प्रमुख अतिथि खड्काले बताएका हुन ।
विद्यार्थीहरुले आफ्नो नृत्य तथा संस्कृतिक कार्यक्रम गरेर अभिभावकहरुलाई आक्रहण गराउने काम गरेका थिए। स्कुलका वाेर्ड समितिका संचालक जमान सिंह वलीको अध्यक्षतामा सम्पन्न सो वार्षिक साधारणसभा समारोहको स्वागत मनतब्य श्री नव ज्याेती इङलिस मिडियम स्कुलका शिक्षक वीर बहादुर गिरिले गर्नुभएको थियो ।
वार्षिक प्रतिवेदन स्कुलका निर्देश टाेपेन्द्र खड्काले गरेका थिए निर्देशक खड्काले यो विद्यालयलाई अझै अगाडी बढाउने अभिभावकहरुसंग सल्लाह गरेर उत्कृष्ठ र नमुना स्कुल बनाउने बताए । त्यसैगरी साधारण सभा कार्यक्रममा शिक्षक, विद्यार्थी, अभिभावक, लगायतको उपस्थिति रहेको थियो । आठौं बार्षिक साधारण सभामा सम्मान गरेको थियो ।