आज कुकुर तिहार मनाउँदै

कात्तिक १५, २०८१ बिहीबार
धनगढी – हिन्दुहरूको दोस्रो ठूलो पर्व तिहार बिहीबार कुकुरको पूजा गर्दै मीठामीठा खानेकुरा खान दिएर घरघरमा धुमधाम संग मनाइँदै छन् । कार्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पुजा गरी मीठामीठा परिकार खान दिए यमराजको ढोकामा द्वारपालका रुपमा बस्ने श्याम र सबल नामका कुकुरले यमलोक जाँदा बाटो छोडिदिने धार्मिक विश्वासका साथ कुकुरको पुजा गरि मनाउँदै आएका छौँ ।
बैवस्वत मन्वन्तरको कुलमा जन्मिएको कुकुरले धर्मराज युधिष्ठिरलाई स्वर्गको यात्रामासमेत साथ दिएको धार्मिक विश्वास छ कुकुरलाई आज्ञापालक र सुरक्षामा भरपर्दो घरपालुवा जनावरका रुपमा लिइन्छ। घरमा कुकुर पाल्नाले मुटु र मधुमेह रोग लाग्दैन भनी विश्वास गर्नेहरू समेत छन् ।

हिन्दू धर्मशास्त्रमा कुकुरलाई सुरक्षाकर्मीको साथै यमराजको दूतका रुपमा वर्णन गरिएको छ । मृत्यूपर्यन्त पनि मोक्षको द्वारमा कुकुरले नै पहरा दिएको धर्मशास्त्रमा उल्लेख छ । यस्तै कुकुरलाई भगवान भैरवको बाहनको रुपमा पनि चिनिन्छ ।
मानव सभ्यताको सुरुवात देखिनै कुकुरले हरेक समयमा मानवहरुलाई सहयोग गरेको पाइन्छ । कुकुरले घरको रेखदेख गरेर चोर डाँकाबाट बँचाउने गर्छ । कुकुरको निन्द्रा पातलो हुने भएकाले यो हरक्षण चनाखो हुन्छ र यो थोरै खाएर पनि सन्तुष्ट हुने प्राणिका रुपमा चिनिन्छ ।

कृषणपुर नगरपालिका ९ राजघाट निवासी सरस्वती सुनार भन्छन् हरेक बर्ष दाेस्राे ठुलो तिहारको दिन कुकुरलाई पूजाआजा गरि माला लगाइदिने चलन रहेको छ । बिहानै देखि कुकुरको सरसफाइ गरि त्यसपछि कुकुरलाई मन पर्ने खानेकुरा खुवाउन पाउदा अत्यन्तै खुसी भएको बताउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply