गणेश क्षेत्री
धनगढी – लुम्बिनी प्रदेश को मुलभन्सारमा आर्थिक बर्ष २०८१/८२ मा कुनैपनि मालसामान बापतको राजस्व काटिएको छैन भन्दा आश्चर्य लाग्न सक्छ
भन्सार कार्यलय राजापुरका भन्सार प्रमुख धनबहादुर शाहिले ४ महिनामा कोहि पनि ब्यापारी सामानको भन्सार काट्न नआएको बताउनुभयो
भन्सार का नायब सुब्बा रमेश बुढाथोकि ले जतिपनि राजस्व सड्कलन भएको छ त्यो चाहि दुइ पाङ्रे र चारपाङ्ग्रे ईन्डियन सवारीसाधन बाट उठेको राजस्व भएको र श्रावणमा ५२ हजार भाद्रमा २ लाख ८८ हजार २५ रुपैयाँ , असोज मा २ लाख ६८ हजार २ सय ६९ रुपैयाँँ र कार्तिक को २६ सम्ममा ३ लाख ६५ हजार ७ सय ५० रुपैयाँ राजस्व सड्ढलन भएको बताउनुभयो
राजापुरमा मुल भन्सार भएपनि भौगोलिक जटिलता को साथै इलाका प्रहरी कार्यालय राजापुर बाट सादापोसाकमा खटिएका घुमुवा प्रहरीले तस्कर सङ्ग मिलेमतो गर्नाले राजस्व छलि भएको पाइएको छ
नेपाल प्रहरी ले घुमुवा प्रहरी नखटाउने निर्णय गरेपनि राजापुरमा सादापोसाकका घुमुवा प्रहरीले सरल स्वभावका इन्चार्ज सागर बोहरालाइ समेत गुमराह मा राखेर तस्कर सङ्ग सेटिङ्ग मा ब्यस्त भएर राजस्व छलि गराउने गरेको पाइएको छ
भाद्र १५ गते मोहना र कर्णाली नदिको किनारा बाट राजापुर तर्फ तस्करी भएर आउन लागेको ७ वटा माेटर साइकल सहित १२ लाख ९८ हजार ३ सय रुपैयाँ बराबरको कपडा कैलालीको सशस्त्र प्रहरी ले सत्ति भन्सार बुझाएको थियो ! त्यसैगरी राजापुर तर्फ आउन लागेको राजापुर र कैलालीको सिमा श्रीलंका बाट नेपाल प्रहरी ले असोज १९ गते ५ लाख ५० ह्जार बराबरको कपडा बरामद गरेर भन्सार बुझाएको थियो
राजापुर मा ठुलो परिमाण मा सामान जादैगर्दा कैलाली को प्रहरीले पटकपटक सामान पक्राउ गर्नु तर बर्दियाका प्रहरी ले सानोतिनो परिमाण मा सानो तस्कर हरुको सामान मात्रै पक्राउ गर्नाले पनि मिलेमतो भएको प्रष्ट देखिन्छ ! तिकुनियाका ब्यापारी मोहमद आरिफ ले राजापुर तर्फ सामान जानेगरेको तर भन्सार बन्छ कि बन्दैन थाहानभएको बताउनुभयो
राजापुर भन्सार कार्यालय को तथ्यांकअनुसार प्रहरी ले सानोतिनो परिमाण मा सामान समातेको देखिएको छ ! भन्सारका नायब सुब्बा बुढाथोकी ले प्रहरीले बुझाएको सामान बजार मुल्य भन्दा अत्यधिक हुने गरेको ले पटकपटक लिलाम को आव्हान गर्दापनि कोहि नआएपछि मुल्यांकन समिति ले ३० प्रतिशत सम्म घटायर लिलाम गरेको बताउनुभयो !