१५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण

२७ मङ्सिर धनगढी
कैलालीको गौरीगंगा नगरपालिका–२ स्थित मालिका माध्यमिक विद्यालय चौमालामा अध्ययनरत १५ जना बालबालिकालाई शैक्षिक सामाग्री वितरण गरिएको छ।

युवा समाजसेवी हेमन्त राज जोशी (बाजे) को पहलमा बुधबार सिबिन नेपाल कैलालीले शैक्षिक सामग्री वितरण गरेको हो। आर्थिक अवस्था कमजोर भइ विद्यालय जान नसक्ने, एकल घरपरिवारका छोराछोरी, जेहेन्दार र अनाथ बालबालिकालाई विद्यालय पोसाक, झोला र स्टेसनरी सामाग्री वितरण गरिएको थियो। कार्यक्रममा सिबिन नेपालका कार्यालय प्रमुख हरिलाल चौधरीले न्यून आय भएका विद्यार्थीहरु लाई शैक्षिक सामाग्री वितरण गर्दा अध्ययन जारी राख्न सहयोग पुग्ने बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply