सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थपियो

१ पुस धनगढी
कैलालीको धनगढीमा जारी सुदूरपश्चिम महोत्सवको अवधि चार दिन थप गरिएको छ। आयोजक कैलाली उद्योग वाणिज्य संघले महोत्सवको अवधि चार दिन थप गरेको हो।

मंसिर २२ गतेदेखि सुरु भएको सुदूरपश्चिम महोत्सव पुस २ गते सकिने भनिएको थियो। दर्शकको मागलाई मध्यनजर गर्दै पुस ६ गतेसम्म थप गरिएको कैलाली उद्योग वाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply