पुष १८ धनगढी
अंग्रेजी नयाँ वर्ष २०२५ को अवसरमा काठमाडौंको चाविहल सरस्वतीनगरमा ‘टाइमलेस ट्रेजर ज्वेलरी’ सञ्चालनमा आएको छ।
तीन जना गीतकार सुरेन्द्र दियाली, गणेश शाही र दिनेश जोशीको टोलीले ‘सेन्सा ग्रुप अफ कम्पनी’अन्तर्गत सञ्चालनमा ल्याएका हुन्।
उत्कृष्ट चाँदीका गरगहनाहरूको केन्द्रको रूपमा लैजाने बताए सञ्चालक सुरेन्द्र दियालीले। उनले भने, ‘हाम्रो यो ज्वेलरीको मुख्य उद्देश्य नेपाली कला र डिजाइनलाई स्थानीय तथा अन्तर्राष्ट्रिय बजारमा प्रवर्द्धन गर्नु हो। साथै, स्थानीय व्यवसाय र हस्तकलालाई रोजगारीका अवसरहरू प्रदान गर्नु हाम्रो प्राथमिकता हो।’
टाइमलेस ट्रेजरले नेपाली परम्परागत कला र आधुनिक डिजाइनको सम्मिश्रण गरेर चाँदीका अनमोल गरगहना उत्पादन गर्दछ। यहाँ औंठी, बाला, झुम्का, हार, तथा विभिन्न विशेष अवसरका उपहारहरू पाइन्छन्। जन्मदिन, विवाह वार्षिकोत्सव र अन्य विशेष अवसरका लागि उपयुक्त चाँदीको गरगहना बनाइन्छ।
नयाँ वर्ष जनवरीभरी चाँदीको हरेक गहनामा विशेष छुट राखेको ‘टाइमलेस ट्रेजर ज्वेलरी’का सञ्चालकहरूले बताए।