कृष्णपुरको चपरतला गाउँका भलमनसा पुन: दशिराम चौधरी चयन

माघ २ धनगढी

रैकवार खबर
कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा न ९ स्थित चपरतलामा भलमनसा चयनको कार्य सम्पन्न भएको छ । गाउँको नेतृत्व गर्नका लागि भलमनसा छान्ने चलन रहेको छ । माघ पर्वको अन्तिम दिन यो समुदायमा भलमनसा÷बडघर चयनको कार्य थाल्ने गरिन्छ । यस कार्यलाई खोज्नीबोज्नी÷भन्ने गरिन्छ । भलमनसा चयनको कार्य माघ पर्वको अन्तिम दिन गर्नु पर्छ भन्ने बाध्यकारी नियम भने छैन । आआफ्नो गाउँको समयनुकूल भलमनसा चयन गरिन्छ ।कृष्णपुर ९ चपरतला सामाजको पुनः भलमनसा÷बडघर पदमा दशिराम चौधरी सर्व सहमतमा चयन गरेका छ्न ।

त्यस कार्यक्रममा समाजसेवी बौद्धिक व्यक्तित्व पुनाराम चौधरीले माेहना पुल देखि राजघाट खेलमैदान सडक निर्माण भइसक्नुपर्ने समयमा नभएपछि जनतालाई असह्य भएकाे गुनासो पाेखे साथै ठेकेदारको कमीकमजोरी र स्थानीय सरकारका कारण अहिलेसम्म सडक नबनेको हो,’ उनले भने, ‘जनताले कति सहने ? समयावधिमा काम नगरेपछि नगरपालिकाले पनि एक्सन लिन सक्नुपर्छ ।’ आँफूहरूले कृष्णपुर नगरप्रमुख हेमराज ओझालाई पनि यस विषयमा पटकपटक जानकारी गराएको उनले बताए ।


भलमनसा थारू समुदायमा गाउँको नेतृत्व गर्ने मुख्य व्यक्ति हो । गाउँभरिका मान्छेको सहमतिको आधारमा सर्वसम्मतिले भलमनसा चयन गरिन्छ । भलमनसाको पदावधि एक माघ पर्वदेखि अर्को माघ पर्वसम्म एक वर्षको हुन्छ । भलमनसा सहित गाउँको नेतृत्व गर्ने व्यक्तिले एक वर्षसम्म गरेको कामको खोज्नीबोज्नीमा समीक्षा हुने गर्दछ । राम्रो काम गरेकालाई पुनः दोहो¥याउन सक्ने अधिकार गाउँवासीमा रहने गर्द छ  अर्का समाजसेवी बुद्धिजीवी लालबहादुर चौधरीले जानकारी गराए।

साथै अर्का समाजसेवी भाेजलाल चौधरीले काम चित्त नबुझेमा गाउँवासीमध्येबाटै अर्को व्यक्तिलाई भलमनसा चयन गरिन्छ । भलमनसा बन्ने मौका जान्ने बुझ्नेलाई मात्रै नभई गाउँका सबै व्यक्तिलाई रहने सक्ने उनलेे धारणा राखे ।

पुनः भलमन्साकाे जिम्मेवारी आफुले पाएकाले आफ्नो गाउँ समाजका लागि जिम्मेवारीपूर्वक काम गर्ने प्रतिबद्धता चपरतलाका भलमनसा दशिराम चौधरीले बताए । उनले भलमनसा प्रथा थारू समुदायको लोकतान्त्रिक अभ्यास भएको उल्लेख गरे ।भलमनसाले गाउँको भेला, बैठक बोलाउनका लागि गाउँभरि सन्देश प्रवाह गर्ने गर्दछन् । थारू सम्वत् २६४८ रहेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply