सन्त निरंकारी सत्संग भवन पुनर्वास मा बृहत सत्संग समारोह सम्पन्न

धनबहादुर बिक –
पुनर्वास – २ माघ
सन्त निरंकारी सत्संग भवन पुनर्वास मा बृहत सत्संग समारोह सम्पन्न भएको छ ।
बुधबार पुनर्वास नगरपालिका ४ जनकबस्ति मा रहेको सन्त निरंकारी सत्संग भवनमा बृहत सत्संग समारोह सम्पन्न भएको हो ।
सन्त निरंकारी मण्डल काठमाण्डौं बाट पाल्नुभएका केन्द्रीय सचिव अनिल महर्जन को हाजिरी मा बृहत सत्संगको आयोजना गरिएको हो ।
सन्त निरंकारी मण्डलको सुदूरपश्चिम प्रदेश अन्तर्गत रहेका विभिन्न सत्संग भवनको अवलोकन भ्रमणमा आउने क्रममा पुनर्वास मा रहेको सत्संग भवनमा समेत संत्संग तथा अवलोकन भ्रमण गर्न केन्द्रीय सचिव महर्जन पुग्नुभएको मिशनका केन्द्रीय सहसचिव तथा ज्ञान प्रचारक नरबहादुर बिस्वकर्माले बताए ।

यसैबिच मण्डलबाट बिनियोजित करिब १७ लाख बजेटमा निर्माण हुन लागेको सुविधासम्पन्न शौचालय को समेत केन्द्रीय सचिव महर्जनले अवलोकन गर्नुभएको थियो ।
अवलोकन पश्च्यात बृहत सत्संग को आयोजना गरिएको थियो भने वहाँ ले सन्त निरंकारी मिशन कुनै धर्म नभई एक आध्यात्मिक विचार भएको मिशन हो , र यो मिशनमा जोडिएका सन्त परिवारले नेपाल मा मनाईने सबै प्रकारका संस्कृति तथा चाडपर्व मनाउँदै विकृति विसंगति बाट टाढा रहेर सत्गुरूको आदेशको पालना गर्दै परमात्मा लाई पहिचान गरेर सत्यताको मार्गमा चल्ने प्रयत्न गर्दै आईरहेको विचार राख्नुभयो ।
मान्छे जन्मिन्छ , विस्तारै हुर्किन्छ अनि विस्तारै बिभिन्न्न चरण पार गर्दै मृत्यु को मुखमा पुग्दछ , प्राण रहुन्जेल जिबनलाई कसरी सवांरने कस्तो कर्म गर्ने भन्ने बारेमा उसलाई कुनै जानकारी नै हुंदैन , जबसम्म परमात्माको जानकारी हुंदैन मनुष्य जीवन अर्थहिन हुने कुरा ज्ञान प्रचारक महात्मा महर्जनले बताउनुभयो ।
मानव जीवन निकै अमुल्य जीवन हो , यो हिरा जीवन हो तर आज संसारमा अधिकांश मनुष्य गलत बाटोमा हिंडिरहेका छन , असत्य को मार्गमा अग्रसर हुँदै आफुलाई अन्धकार मा पुर्याईरहेका छन । निरंकारी मिशनमा सत्संगको माध्यमबाट परमात्माको बोध गराउदै जीवन जिउने शैली सिकाईने प्रमुख विचारक महर्जनले जानकारी दिनुभयो ।

सो अवसरमा केन्द्रीय सहसचिव तथा ज्ञान प्रचारक नरबहादुर बिस्वकर्माले केन्द्रीय सचिव महर्जन लाई सुदूरपश्चिम अवलोकन भ्रमण मा आउनुभएको मा स्वागत गर्नुभएको थियो ।
उहाँले सत्गुरूको कृपाले नै नेपाल एउटा बहु भाषाभाषी , फरकफरक भेषभुषा , बिबिध खानपान , संस्कृति रहेको भएता पनि निरंकारी मिशनमा जोडिएका सन्त परिवारलाई सत्गुरूको कृपाले एउटै मालामा जोडदै आएको बताउनुभयो । यो मिशनमा जोडिएका सन्त परिवार मा बिभेदरहित कुनै बैरभाव लोभ लालच तथा नफरत नभएर सत्गरूको महिमा गाउदै एकआपसमा प्रेम भावले भक्ति मार्गमा यात्रा गर्ने गरेको कुरामा जोड दिनुभयो ।
उहाँ ले वर्तमान सत्गुरू माता सुदिक्षा जि महाराज को ज्ञानलाई बिस्वभरि फैलाउदै सत्मार्गमा अघि बढ्न मिशनको मुख्य उदेश्य रहेको जानकारी दिनुभयो ।
सो अवसरमा सन्त निरंकारी सत्संग भवन पुनर्वास का प्रमुख राम प्रसाद गुरूङ अन्य सन्त परिवार सदस्य दिलबहादुर लामिछाने , गगन बहादुर भुल , प्रेस प्रतिनिधि धनबहादुर बिस्वकर्मा , मायादेवी गुरूङ लगायतले मण्डल का केन्द्रीय सचिव , सहसचिव , क्षेत्रीय सेवादल सञ्चालक लगायतका सन्त महात्मा हरूलाई स्वागत गर्नुभएको थियो ।
सत्संग समारोह मा युवा भाईबैनीहरूले भक्ति भावका गित रचनाहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रम को सञ्चालन महिला सेवादल मिरा बिकले गरेकि थिईन ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

Leave a Reply